टाेखालाइभ डट कम / जेठ ४ ,२०७८
टाेखा नगर उपप्रमुख एवं टाेखा नगरपालिका स्थानीय बाल अधिकार समितिका अध्यक्ष ज्ञानमाया डंगोलको रोहवरमा आज टाेखा नगरपालिका वडा ८ को एक संरक्षण संस्थाबाट बेवारिसे अवस्थामा रहेका १० बालबालिकाको उद्धार गरेकि हुन् । ती उद्धार हुने बालबालिकामा ६ जना बालिका र ४ जना बालक रहेको छ।
निषेधाज्ञाका बेला सामाजिक सञ्जालहरूमा टाेखा नगरपालिका वडा ८ स्थित एक संस्थामा सो बेवारिसे अवस्थामा रहेका बालबालिकाहरुलाई स्याहार सुसार गर्दै आउनुभएकोमा मिडिया तथा अन्य स्रोतबाट ती आश्रय स्थलमा सो बालबालिका बस्ने उचित स्थल तथा भवनको र सो एरियाको बालबालिका राख्न योग्य आश्रय स्थल नभएको खबर आएपछि ती बेवारिसे अवस्था रहेका बालबालिकालाई उद्धार गरेको टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभयो ।
यसै बिच काठमाडौं जिल्ला टाेखा वडा ८ स्थित बसोबास गर्ने वर्ष ४७ का जगेन्द्र राई हाल काेभिड -१९ महामारीका कारण निषेधाज्ञा हुँदा रोजगारी गुम्न गई १ वर्षको छोरालाई साझ बिहान खानको लागि समस्या परेको भनी राष्ट्रिय बाल कल्याण परिषदमा मौखिक निवेदन परेको हुँदा बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपबाट खटिआएको टाेलीबाट खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

त्यस्तै टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलकै अग्रसरमा रामेछाप जिल्ला स्थायी घर भएकी एक बालिका गत ३ वर्ष देखि काठमाडौंमा घरेलु कामदारको रूपमा कार्य गर्दै आएकी तथा सौतेनी आमाको यातना सहन नसकेर घरबाट भागेर टाेखा ७ को एक संरक्षण समाजमा आएकी १६ वर्षकि एक बालिकालाई पनि टाेखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल,वडा सदस्य ,राष्ट्रिय बाल कल्याण परिषदका प्रतिनिधि, टाेखा महिला बालबालिका निरीक्षक बिमला वाग्ले ,टाेखा नगरपालिका स्थानीय बाल अधिकार समितिका सदस्य तथा स्थानीय प्रहरीको उपस्थितिमा ती बालबालिकाको उद्धार गरेका हुन् ।
उद्धार गरिएका सबै बालिबालिकाहरूको कोरोना परीक्षण पश्चात् व्यवस्था मिलाइएको अस्थायी संरक्षण सेवा केन्द्रमा पुर्याइने राष्ट्रिय बाल कल्याण परिषद् केन्द्रका अधिकृत सुनिता शाहले बताइन् ।
सरकारले २०७३ साल वैशाखबाट ‘सडकमुक्त बालबालिका’ अभियान अन्तर्गत सडक बालबालिकाको उद्धार र व्यवस्थापनको काम सुरू गरेको हो।
यसैबीच, उपप्रमुख ज्ञानमाया डंगोलले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोज तलास समन्वय केन्द्रको निःशुल्क हटलाइन सेवा १०४ मा सम्पर्क गरी उनीहरूको उद्धार र संरक्षणका लागि आवश्यक सहयोग गर्न सबैलाई अनुरोध गरिन।

