टाेखालाइभ डट कम / जेठ ४ ,२०७८
टोखा नगरपालिकामा काेभिड-१९ सक्रिय संक्रमितको संख्या १०६० पुगेको छ। टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या २६५७ जना र पुरूष संख्या ३२३७ जना गरि ५८९४ जना संक्रमित रहेकोमा निको भएको संख्या ४८१६ जना पुगेको छ।
टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार मंगलबार र शुक्रबार संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।
टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो जेठ ३ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या ३९४र पुरूष संख्या ४०८ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या १३ र पुरूष संख्या १५ जना र होटेलमा बस्ने महिला १ जना र अन्य महिला १०९ र पुरुष १२० गरि जम्मा १०६० जना सक्रिय संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन्।
टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको हिजो जेठ ३ गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा २६ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा २२७ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा १६१ जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा १४५ जना र वर्ष ६० देखि माथि १३२ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।
संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७६२जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म ११९७ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ३५१ जना पुगेका छन् ।
टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ४८१६ जना पुगेको छ । हिजो थप १७ जनाले (Antigen test ) एन्टिजेन परिक्षण गरिएको र टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा १६ जना संक्रमित रहेको छ भने १० जना डिस्चार्ज भएको र १ जनाको मृत्यु भैसकेको छ भने हिजो मात्रै ४४ जना निको भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
हिजो टोखा नगरपालिका वडा ६ को ग्रान्डी फुट्सल र टोखा १० को मनोहर मा.बि मा गरि पुरुष ४३१ र महिला ३२६ गरि जम्मा ७५७ जना सहित टाेखा नगरपालिकामा कुल १३९८ लाई भेरोसिल खोपको दोर्सो डोज जनस्वास्थ्यको मापदण्ड अपनाई खोप लगाइ सकिएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।


