टाेखा लाइभ डट कम /जेठ ४, काठमाडौं
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको सक्रियतामा ३ थान अक्सीजन कन्सनट्रेटर मेसिन प्राप्त गर्न नगरपालिका सफल भएको छ ।
उक्त तीन थान अक्सीजन कन्सनट्रेटर मेसिन
एनआइसी एशिया बैंक कप्रोरेट कार्यालयले टोखा नगर प्रमुख प्रकाश अधिकारीले कोरोना महामारी नियन्त्रणमा सक्रियतापूर्वक खटिएको कामलाई सम्मान गर्दै बैंकले सहयोग गरेको बताएको छ ।
टोखा नगरपालिकाले चण्डेश्वरीको प्रादेशिक अस्पताललाई निरन्तर सञ्चालन गर्नका लागि आवश्यक उपकरणहरु किन्ने र सहयोग लिने कामलाई प्राथमिकता दिँदै आएको छ। हिजो प्रदेस अस्पताल चण्डेश्वरीका लागि एनआइसी एशिया बैंक केन्द्रीय कार्यालय सिइओ रोशन कुमार न्यौपानेले नगर प्रमुख प्रकानश अधिकारीलाई तीन थान कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेका थिए । उक्त सामानलाई हिजो चण्डेश्वरी आइसोलेशनका अनडिउटीका स्वास्थ्यकर्मीलाई नगर प्रमुखले हस्तान्तरण गरिएको नगर प्रवत्ता बच्चु राज बस्यालले बताउनुभयो ।

कोभिड १९ महामारीलाई ध्यानमा राखेर टोखा नगरपालिकाले स्वास्थ्य सामाग्री संकलन र अक्सीजन प्लाण्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ । केही दिनअघि टाेखा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले “सेभ द चिल्ड्रेन” नामक आइएनजीओबाट ६ लाख ५० हजारको उपकरणहरु लिई प्रदेस अस्पतालमा हस्तान्तरण गर्नुभएको थियो ।

