• Sanu Raj Dangol

    • २ जेष्ठ २०७८, आईतवार २०:४४

    टोखा नगरपालिकामा काेभिड-१९ सक्रिय संक्रमितको संख्या ९०५ पुग्यो।

     

    टाेखालाइभ डट कम / जेठ २,२०७८

    टोखा नगरपालिकामा काेभिड-१९ सक्रिय संक्रमितको संख्या ९०५ पुगेको छ। टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या २५५६ जना र पुरूष संख्या ३१३९ जना गरि ५६९५ जना संक्रमित रहेकोमा निको भएको संख्या ४७७२ जना पुगेको छ।

    टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार मंगलबार र शुक्रबार संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार आज जेठ २गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या ३३८र पुरूष संख्या ३६० जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या १० र पुरूष संख्या १० जना र होटेलमा बस्ने महिला १ जना र अन्य महिला ९१ र पुरुष ९५ गरि जम्मा ९०५ जना सक्रिय संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन्।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको आज जेठ २ गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा २५ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा १९५ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा १३५ जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा १२३ जना र वर्ष ६० देखि माथि ११३ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७४५ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म ११९७ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ३५१ जना पुगेका छन् ।

    टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ४७७२जना पुगेको छ । आज ७० जनाले (Antigen test ) एन्टिजेन परिक्षण गरिएको र टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा १७ जना संक्रमित रहेको छ भने ८ जना
    डिस्चार्ज भएको र १ जनाको मृत्यु भैसकेको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    आज टोखा नगरपालिका वडा ६ को ग्रान्डी फुट्सल र टोखा १० को मनोहर मा.बि मा गरि पुरुष ४५२ र महिला १८९ जना गरि जम्मा ६४१ जनालाई भेरोसिल खोपको दोर्सो डोज जनस्वास्थ्यको मापदण्ड अपनाई खोप लगाइ सकिएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै