• Sanu Raj Dangol

    • ३० बैशाख २०७८, बिहीबार १७:४९

    टोखा चण्डेश्वरीको प्रदेस अस्पतालमा अक्सीजन प्लाण्ट राख्नका लागि आज टाेखा नगर प्रमुख अधिकारीद्वारा पत्राचार :-

    टाेखालाइभ डट कम/ वैशाख ३०,२०७८

    टोखा नगरपालिकाले बागमती प्रदेस सरकार अन्तर्गत रहेको टोखा चण्डेश्वरीको प्रदेस अस्पतालमा अक्सीजन प्लाण्ट राख्नका लागि आज टाेखा नगर प्रमुख प्रकाश अधिकारीद्वारा पत्राचार गर्नुभएको छ । टाेखा नगर प्रमुख प्रकाश अधिकारीकाअनुसार नगरपालिकाको ६८ औं नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार बागमती प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरिसकेको बताउनुभयो ।

    त्यस्तै टोखा नगरपालिकाले आज चण्डेस्वरी कोभिड आइसोलेसन सेन्टरका लागि मात्रै गृह मन्त्रालयमा ५० थान अक्सीजन सिलिण्डरका लागि पत्राचार गरेको छ ।

    टोखामा नगर प्रमुख प्रकाश अधिकारीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेर गृह मन्त्रालयमा अक्सीजन सिलिण्डर उपलब्ध गराउन र बागमती प्रदेस सरकारलाई अक्सीजन प्लाण्ट राख्न सहयोग गर्न टोखा नगरपालिकाले अनुरोध गरेको हो । अक्सिजन प्लाण्ट टोखा नगरपालिका र बागमती प्रदेस सरकारको साझेदारीमा राखिने कुरा बुझिएको छ ।

    कोरोना महामारी नियन्त्रणका लागि यस भन्दा अघि पनि काठमाडौं जिल्लामा टोखा नगरपालिका सशक्त ढंगले लागेको थियो भने अहिले पनि नगरपालिका दिनरात नभनी नगरबासीको स्वास्थ्यमा ख्याल गर्दै लागिरहेको छ । नगर प्रमुख, उपप्रमुख आफैं दैनिक खटिइरहेका छन् । अघिल्लो वर्ष टोखा नगरपालिकाले तीब्बतको नाङ्सु सिटि नगरपालिकाको सहयोगमा करिव २ करोड बराबरको स्वास्थ्य सामाग्री ल्याउन सफल भएको थियो ।

    टोखाको चण्डेश्वरीको प्रदेस अस्पतालमा अहिले भएको २५ ओटा अक्सीजन सिलिण्डर पनि नगर प्रमुख प्रकाश अधिकारीले विशेष पहल कदमीमा उपलब्ध गरिएको थियो । त्यस्तै नगरपालिकाले कोभिडका बिरामी भई गम्भीर स्वास्थ्य अवस्था भएका केही बिरामीका लागि घरमै अक्सीजन सिलिण्डर समेत पठाएको कुरा बुझिन आएको छ ।

    चण्डेश्वरी प्रदेश अस्पतालमा अहिले १५ बेड सञ्चालन भइरहेपनि अक्सीजन सिलिण्डर थप गरी बेड थप्ने तयारीका साथ निरन्तर अहिले टाेखा नगरपालिका लागेको छ ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै