• Sanu Raj Dangol

    • ३० बैशाख २०७८, बिहीबार १६:५८

    टोखा वडा २ र ३ भित्र देवाली (कुल पूजा)मा भिडभाड नगरी नित्य पूजा मात्रै गरिदिनुहुन वडाको अपिल:-

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम / बैशाख ३०,२०७८

    टोखा वडा २ र ३ भित्र देवाली (कुल पूजा)मा भिडभाड नगरी नित्य पूजा मात्र गरिदिनुहुन टाेखा नगरवासीहरुमा टाेखा वडा २ र ३ बाट सर्वसाधारणमा अनुरोध गर्दै अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। कोभिड -१९ महामारी काठमाण्डौमा समेत दिनानु दिन संक्रमण बढ्दै गइरहेको हुदा २०७८/०१/२९ गते देखि २०७८/०२/१३ गते सम्म जिल्ला प्रशासन कार्यालय काठमाण्डौवाट जिल्ला भर लागु हुने गरी निषेधाज्ञा जारी गरीएकाे यसै सूचनाबाट जानकारी दिइएको छ।

    भोलि देखि सुरू हुने ऐतिहासिक सांस्कृतिक संरक्षित क्षेत्र
    विकास समिति भित्र पर्ने देवाली (कुल पूजा) लगायत पूजाआजा समेतका कार्य गर्दा पनि धेरै भिडभाड नगरी नित्य पूजा मात्र गरिदिनुहुन समेत सम्पूर्ण वडा बासीहरूलाइ टाेखा वडा-२ का अध्यक्ष दिपक राज जोशी र टाेखा वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठले आग्रह गरेका छन्।

    टोखा नगरपालिकावाट संचालन भएको नगर आइसोलेसनमा क्षमता भन्दा बढी कोभिड -१९ का संक्रमित बिरामीहरू रहेको हुदा अब आउने कोभिड -१९ का संक्रमितलाई कहाँ राख्ने र कसरी अक्सिजन सहित व्यवस्था गर्ने भने विषयमा आफूहरु चिन्तित रहेको अध्यक्ष जोशीले बताए।

    भोलिको दिनमा कोहि कोभिडका बिरामी आएमा कहाँ राख्ने र कसरी ठाउँको व्यवस्था गर्ने भने विषयमा जनप्रतिनिधी हरूलाइ हम्मे- हम्मे भएको साथमा वडा बासी कोहि संक्रमित भएमा आइसोलेसनमा राख्न नसकिने जोशीले चिन्ता ब्यक्त गर्नुभयो।

    वडा बासीहरु सम्पूर्णमा देवाली (कुल पूजा) मा धेरै भिडभाड नगरी नित्य पूजा मात्र गरी देवाली मनाउन वडा २ का अध्यक्ष दिपक राज जोशीले अनुरोध गरेका छन्।

    सूचनामा भने बमोजिम र अनुरोध गर्दा पनि भनेकाे नमानी धेरै भिडभाड गरेको देखिएमा संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार्वाही समेत हुने व्यहोरा यसै सूचना मार्फत जानकारी दिइएका छन्।

    १) टोखा नगरपालिका वडा नं २को अत्यन्त जरुरी सूचना:-

    २) टोखा नगरपालिका वडा नं ३ को अत्यन्त जरुरी सूचना:-

    Facebook Comments

    छुटाउनुभयो कि? सबै