• Sanu Raj Dangol

    • ३० बैशाख २०७८, बिहीबार ०९:३०

    टाेखामा इन्द्रायणी सामुदायिक बन समुहको कोभिड-१९ विरुद्धको मास्क खोइ? सचेतता कार्यक्रम :-

    टाेखालाइभ डट कम / बैशाख ३०,२०७८

    देशभर कोरोना संक्रमितको संख्या अत्यधिक बढे पछि टाेखा नगरपालिका पनि कोरोना संक्रमणबाट  मुक्त नगर बन्न सकेन हाल टाेखा नगरपालिकामा पनि कोरोनाको भयावह अवस्थामा यसबाट बच्न अनिवार्य मास्क लगाउन र आफु लगायत परिवार टोलबस्ती र छरछिमेकमा संक्रमण हुनबाट बच्न सजक हुन अनुरोध गर्दै कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ ,पहिला आफु सुरक्षित भएमात्र अरुलाइ सहयोग र सुरक्षा दिन सकिन्छ भन्ने अवधारणाका साथ आज टोखा नगरपालिका वडा ३ मा रहेको श्री ईन्द्रायणी भुतखेल सामुदायिक वन उपभोक्ता समुहले तपाईको मास्क खोइ? सचेतना कार्यक्रम आयोजना  गरि टाेखा वडा २ र ३ परिक्रमा गरेको छ ।

    श्री ईन्द्रायणी भुतखेल सामुदायिक वन उपभोक्ता समुहले
    आयोजना गरेको काेभिड-१९ कोरोना भाइरस विरुद्धको तपाईको मास्क खोइ? सचेतना कार्यक्रममा टाेखा नगरपालिका वडा  ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठ, वडा सदस्य हरिमान श्रेष्ठ ,वन उपभोक्ता समुहका सदस्यहरु तथा  सुरक्षाकर्मि सहितको समूहले मास्क लगाउन अनुरोध गर्दै साबिक टोखा नगर परिक्रमा गरिएको हो।

    श्री ईन्द्रायणी भुतखेल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्यमान डंगोलले काेभिड-१९ कोरोना भाइरस विरुद्ध सचेतता कार्यक्रम संचालन गरि आफु सुरक्षित भएमात्र अरुलाइ बचाउन सकिन्छ भन्ने अवधारणा माथि प्रकाश पार्दै यो बिकराल समयमा अझै भयावह स्थिति सिर्जना हुन सक्ने हुँदा यसलाई मध्यनजर गर्दै सामुदायिक वन उपभोक्ता समुहले तपाईको मास्क खोइ? सचेतना कार्यक्रम आयोजना गरेको बताए ।

    टाेखा नगरपालिका वडा २ र ३का बस्तीमा समेत कोरोना संक्रमितको संख्या अत्यधिक बढे पछि  गत हप्ता नेवाः गुथि टाेखाले पनि तपाईको मास्क खोइ ? सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै