• Sanu Raj Dangol

    • २९ बैशाख २०७८, बुधबार १३:५६

    बसुन्धरा स्थित राधा स्वामी भवन आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलद्वारा निरीक्षण:-

    नविना श्रेष्ठ
    टाेखा लाइभ डट कम /बैशाख २९,२०७८

    काठमाडौंको टोखा नगरपालिका वडा नं १० स्थित बसुन्धरामा रहेको राधा स्वामी भवनमा बनाइएको कोभिड आइसोलेशन तथा कोभिड- १९ का बिरामीहरूलाई अक्सिजन थेरापी सेन्टरको हिजो उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गर्नुभएको छ।

    मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डौ महानगरपालीकाका मेयर विद्यासुन्दर शाक्य र डा. शंकरदास बैरागीेलाई हिजो टेलिफोन गरेर आइसोलेसन केन्द्र संचालन गर्न निर्देशन दिएका छन्। साथमा नेपाली सेनाले यसै साताबाट राधा स्वामी भवनको आइसोलेसन केन्द्र संचालनमा ल्याउने तयारी गरिरहेको छ।

    कोभिड आइसोलेसन  केन्द्रमा ८८ शैयाको अक्सिजन थेरापी सहितको सुविधा रहेको सिसियमसी डा. सुमन राज डंगोलले बताएको छ। नेपालमा द्रोसो पटकको कोभिड -१९ को महामारीमा अक्सिजनको अभाव भएपछि आइसोलेसन केन्द्रको लागि अक्सिजनको सुविधा सहित राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हाे।

    सरकारले काठमाण्डौमा रहेको ठूला- ठूला रुपमा संचालन गरी कोरोना सङ्क्रमितहरुको उपचार गर्न रणनीति बनाइरहेको सिसियमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए। हिजो भएको निरीक्षण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल,टाेखा वडा ५ अध्यक्ष जगनाथ ढकाल, टाेख वडा -७ का अध्यक्ष नरोत्तम राना, उपप्रधानमन्त्री पोखरेलका प्रेस  सल्लाहकार गणेश पाण्डे लगायतको  उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै