• Sanu Raj Dangol

    • २५ बैशाख २०७८, शनिबार २०:३७

    टोखा नगर प्रमुख अधिकारी चढेको गाडी स्वास्थ्य शाखालाई ,३हप्ते एन्टिजेन टेष्ट गर्ने नगरको निर्णय

    टाेखा लाइभ डट कम / बैशाख २५,२०७८
    टोखा नगर प्रमुख प्रकाश अधिकारीले आफु चढ्दै आएका गाडी अबदेखि स्वास्थ्य प्रयोजनका लागी प्रयोगमा ल्याइने भएको छ। आज बिहान टोखा नगरपालिकाको आइसोलेसन व्यवस्थापन तथा अनुगमन समितिको संयोजक उप–प्रमुख ज्ञानमाया डंगोलको अध्यक्षतामा नगर प्रमुख सहितको बैठक बसी टोखा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहितका गाडी गरी ४ ओटा गाडीलाई कोरोना महामारीमा प्रयोगमा ल्याइएको स्वास्थ्य साखा प्रमुख रनलाल कुलालले बताउनुभयो ।

    उप-मेयरको गाडी हिजोदेखि नै क्यानसर लगायतका रोगीहरुका उपचारका लागि र सुत्केरी महिलाहरुका लागि प्रयोग गरिनेछ । नगर प्रमुखको गाडी स्वास्थ्य शाखामा आवश्यक सामाग्रीहरु ओसारपसार, प्रशासनिक काम र ननकोभिड बिरामीहरु ओसारपसारका लागि आज देखि नै प्रयोगमा आएको छ ।

    नगर प्रमुख प्रकाश अधिकारीको पहलकदमीमा २५ सिलिण्डर अक्सीजिन टोखास्थित प्रदेश अस्पतालको आइसोलेसनमा तयारी अवस्थामा राखिएको छ।बागमती प्रदेस सरकारले अहिलेको समस्यालाई मध्यनजर गर्दै अक्सीजन प्लाण्ट नै राख्ने योजनामा लागिरहेको छ ।
    नगर प्रमुख प्रकाश अधिकारीले विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म भएको र नगरबासीको स्वास्थ्य भन्दा माथि केही पनि छैन तसर्थ आफू गम्भीर र प्रतिवद्ध भएर टाेखावासिको सेवा निरन्तर लागिरहेको बताउनु भएको छ।
    टोखामा आइसोलेसन बेड ५० ओटा पुर्याउन नगर स्वास्थ्य शाखा लागिरहेको छ । नगर स्वास्थ्य शाखाले अबदेखि हप्तामा ३ दिन एन्टिजेन टेष्ट गर्ने भएको छ । टोखा चण्डेश्वरी प्रदेश अस्पतालमा प्रत्येक हप्ताको आइतबार, मंगलबार वडा नं. ८ को गोंगबुमा र शुक्रबार वडा नं. ५ को श्रीसमाज भवन बसुन्धारामा हुने भएको छ।

    कोभिडका बिरामीलाई अहिले एउटा मात्र एम्वुलेन्सले बोकिरहेको भएपनि केही दिनमै अर्को एम्वुलेन्स थप गर्ने कार्यमा नगरपालिका लागिरहेको छ ।

    टोखा नगरपालिकाको आइसोलेसन व्यवस्थापन तथा अनुगमन समितिको निम्न ब्यक्तीहरु आवश्यक समन्वयन र सम्पर्कमा रहने छन् ।

    १) प्रकाश अधिकरी नगर प्रमुख – ९८५१२९३४७८९
    २) ज्ञानमाया डङ्गोल उप–प्रमुख (संयोजक) – ९८५१२९५४७८९
    ३) रनलाल कुलाल स्वास्थ्य शाखा प्रमुख – ९८५१०९१६२८३
    ४) वसन्त गैरे स्वस्थ्य शाखा – ९८५८०९२८४२८
    ५) दीपकराज जोशी सदस्य – ९८५१२९२९१४२
    ६) नरोत्तम राना सदस्य – ९८५१२९३१५३२
    ५) जगन्नाथ ढकाल सदस्य – ९८४१९९१०१०१
    ७) उत्तम अधिकारी सदस्य – ९८४१९४१५१७९
    ८) पार्वती अधिकारी सदस्य – ९८६०९४४०६४६
    ९) श्रीकृष्ण अधिकारी सदस्य – ९८५११९३३७४९
    १०) बच्चुराज बस्याल सदस्य र नपा प्रवक्ता – ९८५१०९०१४३२

    Facebook Comments

    छुटाउनुभयो कि? सबै