• Sanu Raj Dangol

    • २३ बैशाख २०७८, बिहीबार १९:१३

    टोखा नगरपालिकामा काेभिड-१९ सक्रिय संक्रमितको संख्या ५२४ पुग्यो।

    टाेखालाइभ डट कम / बैशाख २३,२०७८

    टोखा नगरपालिकामा काेभिड-१९ सक्रिय संक्रमितको संख्या ५२४ पुगेको छ। टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या २०४३ जना र पुरूष संख्या २६०६ जना गरि ४६४९ जना संक्रमित रहेकोमा निको भएको संख्या ४१०८ जना पुगेको छ।

    टाेखा नगरपालिका मा हरेक हप्ता मंगलबार र शुक्रबार संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 Antigen Test गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो बैशाख २२ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या २११ र पुरूष संख्या २४३ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या ७ र पुरूष संख्या ९ जना र होटेलमा बस्ने महिला ३ जना पुरुष ३ र अन्य महिला २२ र पुरुष २६ गरि जम्मा ५२४ जना सक्रिय संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन्।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा १२ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा १४५ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा १०८ जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा ६४ जना र वर्ष ६० देखि माथि ४५ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७४५ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म ५८९ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् । Antigen Test बाट परिक्षण गरि संक्रमण भएकाहरु हालसम्म १२४ जना रहेका छन्। भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ९७.२८% प्रतिशत रहेको छ भने आज १८ जनाले Antigen Test परिक्षण गरिएको छ।टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। टाेखा चण्डेश्वरीमा आइसोलेसन केन्द्र पुर्ननिर्माण गरि संचालन गर्न लागिएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै