• Sanu Raj Dangol

    • २२ बैशाख २०७८, बुधबार १९:११

    टोखा नगरपालिकामा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६४९ पुग्यो।

    टाेखालाइभ डट कम / बैशाख २२,२०७८

    टोखा नगरपालिकामा Antigen Test बाट परिक्षण गर्दा १२२ जनामा कोरोना संक्रमण पुष्टिभए संगै टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या २०४३ जना र पुरूष संख्या २६०६ जना गरि ४६४९ जना संक्रमित रहेकोमा निको भएको संख्या ४१०८ जना पुगेको छ। सक्रिय संक्रमितको सख्या ५३५ जना रहेका छन्। टाेखा नगरपालिकमा हरेक हप्ता मंगलबार र शुक्रबार संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 Antigen Test गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो बैशाख २१गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होम आइसोलेसनमा बस्ने संक्रमित महिला संख्या २१८ र पुरूष संख्या २५६ गरि जम्मा संक्रमितको संख्या ४७४ जना रहेका छन् । भने अस्पतालमा बस्ने संक्रमित महिला संख्या ८र पुरूष संख्या ८ गरि जम्मा संक्रमितको संख्या १६ जना रहेका छन् । र होटेलमा बस्ने ६ जना र अन्य महिला २२ र पुरुष २७ गरि ४९ जना संक्रमित रहेको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन्।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा १२ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा १४५ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा १०८ जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा ६४ जना र वर्ष ६० देखि माथि ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको संख्या भने ६७४५ रहेका छन्। जनसंख्या ६.७८% छन्। टाेखा नगरपालिकामा बैशाख २१ गते सम्म ५७१ जनाले Antigen Test बाट परिक्षण गरेका थिए। Antigen Test बाट परिक्षण गरि संक्रमण भएकाहरु थप १२२ जना रहेका छन्। संक्रमित जनसख्या ३.७८% छन्। भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ९७.२८% प्रतिशत रहेको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै