टाेखा लाइभ डट कम / बैशाख २२,२०७८
काठमाडौं / नेपालमा कोरोनाको दोस्रो लहर फैलिए पछि टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट तालिकामा हिजो बैशाख २१ गतेको तथ्यांक अनुसार टाेखा नगरपालिका वडा २ मा महिला ५ जना र पुरुष ११ जना गरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना सङ्क्रमितहरु बढेपछि टोखा नगरपालिका वडा नं-२ शान्ति सुरक्षा उपसमितिको आपतकालीन विशेष महत्त्वपूर्ण बैठक आज वडा २ मा सम्पन्न भयो ।
बैठकमा टाेखा वडा २ का सदस्य तथा शान्ति सुरक्षा उपसमितिका संयोजक हेरकाजी डंगोलले टाेखामा खुल्लाम खुल्ला मास्क बिना मानिसहरू बाटोमा हिडिरहेको , बिनाकामका अनावश्यक मानिसहरु ओहरदोहोरो गरिरहेको र अनावश्यक बाहिर ननिस्कि दिन सरकारले लागू गरेको निषेधाज्ञा पालना गरिबस्न र टाेखा वडा २ मा कोरोनाको दोस्रो लहर फैलिन नदिन कोरोनाबाट कसरी हुन्छ आफू बचौ र अरुलाई पनि बचाउ भन्ने मुल मर्म अनुरुप टाेखा वडा २लाई कोरोना मुक्त क्षेत्र बनाऔं भन्ने उद्देश्यले शान्ति सुरक्षा उपसमितिको आपतकालीन विशेष वैठक बसेको टाेखा वडा २ का सदस्य तथा शान्ति सुरक्षा उपसमितिका संयोजक हेरकाजी डंगोलले बताउनुभयो।

शान्ति सुरक्षा उपसमितिको बैठकमा टाेखा नगर प्रहरी प्रभागका प्रहरी वाइ एन पनेरुले खाद्यान्न पसलहरु बिहान ९ बजे सम्म मात्रै खुला गर्ने भने पनि अटेर गरि दिन भरि खोल्ने, हार्डवेयर पसल खोल्ने, पुलिस आए पछि एकछिन पसल बन्द गर्ने र पुलिस गएपछि फेरि पसल खोल्ने, हेल्मेट नलगाई बाइक कुदाउने, बिनाकामका अनावश्यक मानिसहरु लखरलकर हिंड्ने प्रवृत्ति भएकोले टाेखावासीले नटेर्ने भएकोले यस्तो महामारी विकराल अवस्थाबाट बच्न स्थानीय निकाय वडाले कडा सुरक्षा मापदण्ड लागू गरि कार्यान्वयन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो।

आज बसेको शान्ति सुरक्षा उपसमितिको बैठकमा निम्न बुढागतको अधिनमा रहि निर्णय गरियाे।
१) टाेखा वडा २ कार्यालयद्वारा बिगत वर्षमा प्रमुख चोक-टाेलमा राखिएको अटाेमेटिक ह्यान्ड सेनिटाजरलाई पुनः प्रयोग एवं संचालनमा ल्याउने निर्णयको साथै उक्त अटाेमेटिक ह्यान्ड सेनिटाजर मेसिनको रेखदेख व्यवस्थापन यहि समितिले गर्ने निर्णय गरियो ।
२)त्यस्तै वडा २ मा अत्यावश्यक कामका लागि हिंड्डुल गर्ने वडावासीहरुलाई न्युनतम स्वास्थ्य मापदण्ड अन्तर्गत अनिवार्य मास्क लगाउन प्रेरित गर्ने तथा नयाँ संक्रमणको बारेमा सचेतता कार्यक्रम संचालन एवं मार्किङ्ग गर्ने निर्णय गरिएको हो।
३)जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा मिति २०७८ बैशाख २१ गते देखि जारी नयाँ आदेशको पुर्ण पालना गर्ने गराउने साथै निश्चित स्वास्थ्य मापदण्ड अनुरुप निर्धारित समय बिहान ५ बजे देखि ९ बजे सम्म निर्धारित व्यवसाय संचालन गर्न लगाउने निर्णय गरिएको थियो ।
४) यस विषम परिस्थितिमा आफू सुरक्षित रहि समाजलाई सुरक्षित गर्ने उदेश्यले यस शान्ति सुरक्षा उपसमितिलाई क्रियाशील बनाइ आजको बैठकको निर्णयलाई वडा समितिमा पेश गरि आवश्यकता र औचित्यपूर्ण निर्धारणमा आपतकालीन बैठक बस्ने निर्णय गरिएको हो।
५) निषेधाज्ञा अवधिभर मर्निङवाक र इभिनिङ्गवाकलाई निषेध र रोक लगाउने, बिदेशबाट आउने व्यक्तिहरुको लगत संकलन एवं पहिचान गर्ने निर्णयको साथै विशेष परिस्थितिका बाहेकका माेटर बाहक र सवारी साधन संचालन गर्न रोक लगाउने निर्णय गरियो।
शान्ति सुरक्षा उपसमितिका संयोजक हेरकाजी डंगोलको संयोजत्वमा आज बसेको बैठकमा शान्ति सुरक्षा उपसमितिमा प्रतिनिधित्व गर्ने टोखामा रहेका क्लब र संघसंस्थाहरुमा भगवती क्लव, जनचेतना, न्हुज: पुस्तकालय, बालविकास क्लब, टोखाली ब्वाइज क्लब, नेपा:युवा क्लब ,चण्डेश्वरी क्लब , सपनतिर्थ क्लब र भिल्लि टोल विकास संस्थाका सदस्य लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

