नविना श्रेष्ठ
टाेखालाइभ डट कम /बैशाख १९,२०७८
टोखा नगरपालिका वडा नं २ मा रहेको नौरङ्गी उकालो बाटो शंखधर पार्कमा लगाइएको वाल भत्किएकाले पूर्ण निर्माण कार्यको हिजो बागमती प्रदेश सभा सदस्य माननीय सांसद दिपक निराैलाले शिलान्यास गर्नुभएको छ।

जहाँ समस्य त्यहाँ माननीय सांसद दिपक निराैला,
गले पार्क शंखधर पार्क पूर्ण निर्माणका लागि संसदीय विकास क्षेत्रकोषवाट बजेट पास भएको र सार्वजनिक जग्गा संरक्षणका लागि याे पार्क एक महिनामा निर्माण कार्य सम्पन्न गरिने शंखधर पार्क निर्माण तथा संरक्षण समितिका अध्यक्ष सञ्जय डंगोलले बताए।
शंखधर पार्कको शिलान्यासमा उपस्थित हुनु भएका बागमती प्रदेशका सदस्य माननीय सांसद दिपक निरौलाले टोखा नगर प्रमुख प्रकाश अधिकारी, उप प्रमुख ज्ञान माया डंगोल, लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नुभयो।

पूर्णनिर्माण कार्यको स्थानीय पूर्वाधार विकास क्षेत्रवाट यो कार्य सुरू गरेको र शंखधर पार्कको नाम बाट (२२,००,०००) बाईस लाख वजेट पारित भएको समितिका सचिब शैलेन्द्र डंगोलले जानकारी दिनुभयो। पटक- पटक बनाइएको निर्माण कार्य पक्कि नभएकोले अहिले पुनः पक्कि निर्माण गर्न पूर्णनिर्माण कार्य सुरु गरिएको डंगोलले बताए। स्वच्छ वातावरण बनाउनको निम्ति पारित भएको बजेटले मात्र पूरा हुँदैन अबका दिनमा सम्पूर्ण स्थानीय बासिन्दा वडा कार्यालय उपभोक्ता समिती जनमानसमा जनप्रतिनिधीहरुको साथ सहयोगले मात्र कार्य पूर्ण रूपमा सम्पन गर्न सकिने सचिव डंगोल बताए।

