टाेखालाइभ डट कम / वैशाख १८,२०७८
अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र स्थापना गर्दै टोखा नगरपालिकाले काठमाडौं नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो।
राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र ८० शैयाको हुने नगरपालिकाले जनाएको छ ।टोखा नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टाेखा वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको छ ।
टाेखा नगर प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको बताउदै नगर प्रमुख अधिकारीले अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुने बताए ।
टोखा नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेको बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालहरुमा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रीनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोँगबुसँग टोखा भित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगर उपप्रमुख ज्ञानमाया डंगोल बताइन् ।
पहिलो चरणमा कोरोना सङ्क्रमणका बिरामीको उपचार गरेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमणको उपचार गर्ने लगायत टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बिरामीको उपचार गर्न मिल्ने स्रोतले बताएको छ।

