• TOKHA LIVE

    • १७ बैशाख २०७८, शुक्रबार २०:५६

    टोखा वडा २ ले बाँडियो कृषकका घर- घरमा बिउ बिजन :-

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम /बैशाख १७,२०७८

    टोखा नगरपालिका वडा नं २ वाट हिजो देखि वडा टिमले आठ सय वटा बिउ बिजन कृषकका घर- घरमा वितरण गरेको छ।


    चार दिन सम्ममा सबैको घर- घरमा बिउ पुर्याउने अभियानमा वडा टिम लागि परेको छ। हिजो देखि देशभर कोरोना भाईरस कोभिड-१९ बढ्दो क्रमसँगै निषेधाज्ञा गरेता पनि वडा २ का किसानहरूको खेतबारी बाँझो नहोस् भनेर आफूहरु सुरक्षाका साथ वडा टिम बीउ बाढ्न घर घर पुगेको टाेखा वडा २ का सदस्य हेराकाजी डंगोलले जानकारी दिनुभयो।

    देशभर लकडाउन भएता पनि कुनै पनि किसानको खेतबारी बाँझो नहोस् भनेर सक्दो सुरक्षा अपनाएर घर घरमा विउ वितरण गर्न टाेखा वडा २ लागि परेको बताउदै वडा सदस्य डंगोलले हिजो र आज टोखा बजारको टोल टोलमा बाँडिएको थियो भने भोलि पञ्चेतार चण्डेश्वरमा उक्त बीउ वितरण गरिने टाेखा २ का वडा सदस्य हिराकाजी डंगोलले जानकारी दिनुभयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै