• Sanu Raj Dangol

    • १६ बैशाख २०७८, बिहीबार १९:२९

    मानव सेवा आश्रमलाई टोखा नगरपालिकाद्धारा स्वास्थ्य सामाग्री र औषधी हस्तान्तरण

    टाेखा लाइभ डट कम /वैशाख १६ ,२०७८
    काठमाडौं महानगरपालिकाको सामाखुसी टाउन प्लानिङ्गमा अवस्थित  मानव सेवा आश्रमलाई टाेखा नगर प्रमुख प्रकाश अधिकारीले आज टोखा नगरपालिकाको ८ औं नगर सभाबाट भएको निर्णयअनुसार मानव सेवा आश्रमलाई स्वास्थ्य सामाग्री र औषधी वितरण गरेको नगर स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले बताउनुभयो ।

    स्रोतका अनुसार स्वास्थ्य सेवासम्बन्धी ३८ प्रकारका औषधी, १७ प्रकारका औजार र उपकरण जसमा अक्सिजन कन्सनट्रेटर, ईसिजि मेसिन, स्टेचर, ह्वीलचिएरदेखि ड्रेसिङ लगायतमा आवश्यक सामानहरु रहेको बताएको छ। मेडीकल कक्षमा आवश्यक पर्ने औषधि राख्ने दराज र फाइलहरु समेत नगर प्रमुखको साथै टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगोलले संयुक्तरूपमा उक्त स्वास्थ्य सामाग्री र औषधी हस्तान्तरण गरेका हुन् ।

    हेटौंडामा मुख्य कार्यालय सञ्चालन गरेर देशैभरी शाखा कार्यालय सञ्चालन गरी सडकमा मानवमुक्त गर्नका लागि २४ सै घण्टा मानव सेवामा समर्पित मानव सेवा आश्रमले देशैभरी सडकमा रहेका अनाथ मानिसहरुको व्यवस्थापन गर्दै आइरहेको छ । फाेटाे साैजन्य: साझापाना

    Facebook Comments

    छुटाउनुभयो कि? सबै