नविना श्रेष्ठ
टाेखालाइभ डट कम /बैशाख १६,२०७८
टोखा नगरपालिका वडा नं २ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज़ अन्तर्गत पर्ने बज्रयोगिनी मन्दिर छेउबाट हिजो जङ्गलमा भिषण आगलागी भएको हो।

आगलागी भएपछि नियन्त्रणको लागि खबर पाउने बित्तिकै ३० जवान नेपाल प्रहरी र सशस्त्र प्रहरी, १५० जवान नेपाली सेनाको टोली र २००जना स्थानिय टाेखाका युवाहरु पुगेर आगो नियन्त्रण गर्न दिनभर प्रयास गरिरहेको थियो।

शिवपुरी राष्ट्रिय निकुञ्ज अन्तर्गत बज्रयोगिनी मन्दिर र चण्डेश्वर डाँडामा हिजो दिउँसो १ बजे भिषण आगो लागेको खबर भिल्लिटार महिला समुहका अध्यक्ष सरु श्रेष्ठले जानकारी दिइएको टोखा वडा २ का अध्यक्ष दिपक राज जोशीले बताए। तर शिवपुरी राष्ट्रिय निकुञ्ज जङ्गलमा आगो के कारणले सल्केको हो खुल्न सकेको छैन।
सुखा मौसममा आगो लागेको र हावा बढि चलेको कारणले हिजो देखि लागेको आगो आज सम्म पनि नियन्त्रण गर्न हमेहमे भएको र अझै आगो नियन्त्रण भन्दा बाहिर नै गइरहेको टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशीले बताउनुभयो।

स्थानीय बासिन्दा आशा माया डंगोल र पञ्च लाल डंगोलले वडा २ का सदस्य हेराकाजी डंगोललाई भिषण आगलागी भएको जानकारी दिइएको डंगोल बताए।
संसार कै दुर्लभ चार भेटाएको थियो, शिवपुरी जङ्गलमा, नेपालमा मात्र पाइने काडेभ्यकुल चार आगो लागेको समयमा निसासियर उडन नसकेको अवस्थामा स्थानीय युवाले भेटाएर पानी पिलाएर चरालाई बचाएको सदस्य डंगोलले जानकारी दिनुभयो।

जङ्गलमा रहेका जिबजन्तु र थुप्रो चराचुरुङ्गीहरूलाई यसरी बचाउन नसकेकोमा टोखा वडा २ का सदस्य हेराकाजी डंगोलले भावुक हुँदै दुःख ब्यक्त गर्नुभयो। अबका दिनहरूमा जङ्गल जिवजन्तु र जङ्गली चराचुरुङ्गीहरूलाई सधैं माया गरौं र जङ्गलमा आगलागी जस्ता स- साना कुरामा पनि हामी स्वयम जिमेवारी हुनुपर्ने सदस्य डंगोल सबैलाई आग्रह गरेका थिए ।

