– मनिराज डंगोल
नेपालको कार्लमाक्र्स मदन भण्डारी जसले जनताको बहुदलिय जनवादको माध्यमबाट नेपाली माटो अनुकुल माक्र्सवादलाई प्रयोग गरे र नेकपा एमाले, नेपालको लोकप्रिय पार्टी बने। बिश्वको कम्युनिस्टहरुलाई पनि ठुलो सन्देश दियो।
नेपालको कम्युनिस्ट आन्दोलनको लोकप्रियता र लोकतान्त्रीकरणको नायकका रूपमा मदन भण्डारीको नाम लिइन्छ । विश्व कम्युनिस्ट आन्दोलनले एकपछि अर्को धक्का खाइरहेको बेला चुनावी प्रक्रियाबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने श्रेय, ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीलाई नै जान्छ । हो, त्यहीबेला विश्वप्रसिद्ध ‘न्युजविक’ ले लेख्यो : नेपालमा जन्मिए माक्र्स ।
अब हामी नेपालका कम्युनिस्टहरु मदन भण्डारीको नाम जप्ने, जबजको प्रवक्ता पनि बन्ने तर राजनितीमा जे पनि हुन्छ भन्ने नाममा खुराफाती मात्रै गरि शक्ति संञ्चय र सत्ता कब्जा गरि ब्यक्ति सर्वश्रेष्ठ बन्ने होडबाजीले स्वर्गीय मदन भण्डारीलाई अपमान मात्रै हुन्छ। कम्युनिस्टहरुको स्थायीत्वमा तगारो मात्रै हुनेछन। यदि मदन भण्डारीको सपना साकार गर्ने हो भने चाईनाले आफ्नो देशको भुगोल, माटो र माटोमा रहेको जनसंख्यालाई आधार मानी करिव ६० बर्षमा बिश्वलाई कसरी जित्दैछ? अब हामी नेकपा एमालेका नेता कार्यकर्ताहरुले सोच्नुपर्दछ। नेपालको भुगोल कतिप्रकारको छ? क्षत्रफलको आधारमा सानो होला तर भौगोलिक बिबिधता मा बिश्वको ठुलो ठुलो देशको भन्दा धनी छौ हामी। समुन्द्रि सतह देखी बिश्वकै उच्चहिमाल सगरमाथा हाम्रो सानो देशमा अटेको छ। अब हामिले समुन्द्री सतह तथा तराईको माटो र जनभावना बुझ्ने मदन भण्डारी नजन्माई तराईको जनता सुखि र समृद्ध कदापि हुन सक्दैन।

सगरमाथाको महत्त्व नबुझी त्यहाँको जनताहरुको रोजिरोती खोसिने गरि केबुलकार निर्माण गरि बिकास गर्ने मदन भण्डारी देखि त्यताको भारि बोकेर र होटेल लज संञ्चालन गरिखाने जनताहरु सुखि र समृद्ध हुन सक्दैन। काठमाडौ उपत्यका साँस्कृतिक सहर हो तर नेपाल राज्यको केन्द्रीय प्रशासनको केन्द्र सिंहदरबार अगाडी जहिले पनी बिहेको नाममा साँस्कृतिक गतिविधि गरि यातायातमा अवरोध गर्नु मदन भण्डारीको योजना पटक्कै थिएन। त्यसकारण काठमाडौको माटोलाई चिनेको मदन भण्डारी जन्माउने काममा यथास्थिति र परंपरागत शैलिमा माथिल्लो तहबाट लादियर रोक्नु भनेको बिद्रोह र बिध्वंसको बोलावत मात्रै हो। माटोमा भित्र पुरेर राखेको माटो चिनिएका मदन भण्डारीहरु प्राकृतिले एकदिन अवश्य जन्म दिन्छ। यो प्राकृति नियम हो । त्यो समयलाई जति सम्म रोकिन्छ त्यो बेलासम्म, परिश्रम र समय खर्च भईरहेको हुन्छ तर उपलब्धि शुन्य मात्रै भईरहन्छ। क्षणिकको लागी परिवर्तन देखिए पनि परिणाम दु:खी नेपाली र दरिद्र नेपाल मात्रै बन्छ। सन्दर्भ =नेकपा एमालेको काठमाडौं जिल्ला सचिव विवाद ।

