नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ बैशाख १२,२०७८
टोखामा हिजो कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम सम्पन्न भएको थियो।
टोखा नगरपालिकाकाे आयोजनामा अबका युवाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालित गरिएको तालिमको प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारीले समापन गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले अबका युवाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ नगरपालिकाले यस्ता विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिरहेको बताउँनु भएका छन्। टोखा नगरपालिकाकाे समग्र विकास र समृद्धिलाई ध्यानमा राखी नगरपालिकाले कार्य गरिरहेको बताउँदै टोखा नगरपालिकाका नगर प्रमुख अधिकारीले तालिममा सिकेका कुराहरूलाई आफ्नो व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरूलाई आग्रह समेत गर्नुभएको थियो।

तालिममा प्लस टू उत्रिर्ण गरेका युवा तथा विद्यार्थीहरु र स्नातक तह उत्तीर्ण गरेका महिलादिदि बहिनीहरुको सहभागिता रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकरी दिइएको थियो।
तालिम संचालन गरिएको गत चैत २२गते देखि संचालन गरिएको थियो। तालिममा सहभागीहरूलाई कम्प्युटरका विविध विषयहरूलाई आयकर भ्याट लगायत लेखसँग सम्बन्धित विषयहरूलाई समेटेर तालिम दिइएको उपप्रमुख डंगोलले वताउनु भयो।
आज युवाहरुलाई जुनसकै वित्तीय संस्थामा पनि काम गर्नका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले यसरी तालिम दिइएको डंगोलले बताए।

टोखा नगरपालिका वडा नं ४मा रहेको धापासी माध्यमिक विद्यालयमा २५ जना र वडा नं ३मा रहेको सरस्वती माध्यमिक विद्यालयवाट २५ जना गरी जम्मा ५०जना युवा र विद्यार्थी हरूलाई कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम सञ्चालन गरिएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य वडा नं ५का वडा अध्यक्ष जगन्नाथ ढकाल लगाएत जनप्रतिनिधिहरु कर्मचारीहरु र युवाहरुको सहभागिता रहेको थियो।

