टाेखालाइभ डट कम / बैशाख ९ ,२०७८
जनताको सेवामा अहोरात्र खटिरहेकी टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलद्वारा’ स्मृति भाव सागर ‘प्रकाशनलाई आर्थिक रकम सहयोग गर्नुभएको छ । आज स्मृति भाव सागर ‘प्रकाशन संस्था नेवा:गुथि टाेखाका अध्यक्ष रमेश नापित र गुथिका पदाधिकारीहरु समक्ष उपप्रमुख ज्ञानमाया डंगोलले नगद बत्तीस हजार रुपैयाँ सहयोग गर्नुभएको हो।
नेवाः गुथि तोखाले ‘स्मृति भाव सागर’ पुस्तिका पछिल्लो वर्ष श्रावण २०७६ सापारुदेखि गत वर्ष २०७७ जनै पुर्णिमासम्म दिवंगत भएका व्यक्तिहरुको फोटो र उनीहरुको विवरण समेतिएको (बिचा हायका ) ‘स्मृति भाव सागर’ अंक-१ पुस्तिका प्रकाशन गरेको थियोे ।


टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले आजको समाजमा मृत्यु पछि मानिसले समाजमा गरेको सामाजिक योगदान मुल्य मर्यादा सबै अन्त्य हुँदै गइरहेको सन्दर्भमा मृतकले समाजमा पुर्याएको योगदान सामाजिक गतिविधिमा क्रियाशील बहुआयामिक पक्षलाई उजागर गरि तिनका पुस्तासम्म हस्तान्तरण गर्न र भावि सन्ततिले समेत विगतका बहुआयामिक सामग्रीलाई प्रेरणाको स्रोतका रूपमा ग्रहण गर्न सकिने सम्भावना बोकेको यो स्मृति भाव सागर पुस्तक प्रकाशन गरिरहन सकोस् र यस आर्थिक वर्षमा दिवगत हुनुहुने सम्पूर्ण महानुभावहरुको आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो।
सास्कृतिक संरक्षित क्षेत्र टाेखा भित्र बर्ष भरि दिवंगत हुनु भएकाहरु प्रति श्रद्धाञ्जली सहित ‘स्मृति भाव सागर’ प्रकाशन कार्यलाई थप टेवा पुर्याउनको लागी टाेखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले उक्त रकम सहयोग गर्नुभएकोमा नेवा:गुथि टाेखाका अध्यक्ष रमेश नापितले उपप्रमुख ज्ञानमाया डंगोललाई हार्दिक धन्यबाद दिनुभयो।

