• TOKHA LIVE

      TOKHA LIVE

    • ८ बैशाख २०७८, बुधबार ०५:४२

    टोखाको तलेजु मन्दिरमा चैते दशैं मनाइयो।

     

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/ वैशाख ८,२०७८

    टोखाको तलेजु मन्दिरमा हिजो चैते दशैं मनाइएको छ। नव दुर्गा भवानीलाई पूजा गरी बलि दिने चलन रहेको छ। श्री तलेजु भवानी मन्दिरमा पूजा गरी सकेपछि टोखामा जति पनि बसोबास गर्ने मानिसहरू छन्। ती सबैलाई गर्मी सुरू भए पछि विभिन्न  रोगहरु आउने हुँदा तलेजु पुजाको लगत्तै कुनैपनि रोगले माहामारी फैलन पाउने छैन भन्ने जनविश्वास रहेको छ।
    रोगमा महामारी हैईजा, झाडापखाला जस्ता रोग लाग्ने छैन भने मान्यता रहिआएको छ।

    सधै जसो चैते दशैं चैत मसान्तमा हुनुपर्ने भए पनि  यसपाली भने वैशाख महिनामा परेको छ। तिथि अनुसार जुन महिनामा परेपनि नव दुर्गा भवानीलाई यसरी नै पूजा गर्ने परम्परा रहेको टोखाकाे मू: नाय हेमराज श्रेष्ठले बताउनुभयो।

    चैते दशैं सुरु भए लगत्तै नयाँ वर्ष सुरु हुने थियो। तर यसपालि महिनाले वैशाख १गते नयाँ वर्ष सुरु भएतापनि तिथिले वैशाख पूर्णिमाको दिनबाट मात्र नयाँ वर्ष सुरु हुने श्रेष्ठले बताए।

    चैते दशैं पूजा गरेर तलेजुमा दशै मनाए पनि दशैंको फूलपातीको दिन देखि फूलपाती भित्राएर पूजा सुरू गरी चार दिन सम्म पूजा गरेर नवमीको दिनमा बलिदिई पूजा सकाएर एकादशीको दिनमा बिहानको समयमा खड्ग जात्रा गरिने मू: नाय हेमराज श्रेष्ठले जानकारी दिनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै