• Sanu Raj Dangol

    • ५ बैशाख २०७८, आईतवार ०७:५४

    टाेखा ४ मा बालमैत्री घोषणाका लागि स्थानीय बाल अधिकार समितिसंग वडास्तरीय छलफल सम्पन्न :

    टाेखालाइभ डट कम /बैशाख ५ ,२०७८

    टोखा नगरपालिका वडा नं.४ लाई बालमैत्री घोषणाका लागी तिब्र रुपमा तयारी स्वरुप हिजो टाेखा नगरपालिका वडा ४ का स्थानीय सरोकारवालाहरु बिच स्थानीय बाल अधिकार समितिसंग वडास्तरीय छलफल सम्पन्न भएको छ।

    टाेखा नगरपालिका वडा ४ ले धापासी माध्यमिक विद्यालयमा आयोजना गरिएको वडा ४ लाई बालमैत्री घोषणाका लागी उपप्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विशेष छलफल विभिन्न स्थानीय बाल अधिकारकर्मीहरुले नगर बाल अधिकार समितिको काम , कर्तव्य र अधिकारको बिषयमा छलफल गर्नुभएको थियोे ।

    कार्यक्रममा टोखा नगरपालिकाका नगर उप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाले समग्र टोखा नगरपालिकालाई नैं बालमैत्री नगर घोषणाका लागी सबै वडामा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै
    टाेखा नगरपालिका ४ नं. वडालाई बालमैत्री वडा घोषणाका लागी आवश्यक छलफलमा वडा भित्र हुन सक्ने वालविवाह , बालश्रम शारीरिक तथा मानसिक पिडा तथा बाल यौन दुर्ववहार जस्ता सबै प्रकारका बालहिंसाको रोकथाम , निशेध र नियन्त्रण तथा सडक बालबालिकाको उद्घार,पुनः स्थापना , संरक्षण र व्यवस्थापन गर्ने जस्ता सबै बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको नगर उप-प्रमुख ज्ञानमाया डंगोलले बताउनुभएको थियो ।

    बालमैत्री स्थानीय शासन घोषणाका लागी छलफलमा आवश्यक सूचक मध्ये अधिकांश सूचकहरु पुरा भैसकेको र बाँकी केही सूचकहरुलाई पनी पुरा गरी चालु आर्थिक बर्ष भित्रै टोखा नगरपालिकाको पहिलो वडाको रुपमा ४ नं. वडालाई बालमैत्री वडा घोषणा गर्न तयार  रहेको टोखा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनुभयो।

    टाेखा ४ मा बालमैत्री घोषणा गर्नको लागि भएको वडास्तरीय छलफलमा नगर उप – प्रमुख ज्ञानमाया डंगोल,टोखा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तिलोतम पौडेल,महिला विकास अधिकृत साबित्रा न्यौपाने, टाेखा नगर बाल संरक्षण समितिका सदस्य कृष्ण सुवेदी ,टाेखा नगर बाल संरक्षण समितिका सदस्य मिना शर्मा, वडाका जनप्रतिनिधिहरु, शिक्षकहरु, विद्यार्थीहरु, लगायत बालमैत्री स्थानीय शासनको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै