• TOKHA LIVE

    • १ बैशाख २०७८, बुधबार ०६:२२

    टोखाको स्रष्टा र खेलाडीलाई सम्मान

    १, वैशाख , २०७८ बुधवार ।

    “ऐतिहासिक, सांस्कृतिक, पर्यटकिय, समृद्ध हाम्रो टोखा नगर “ भन्ने मूल नारालाई आत्मसात् गर्दे टोखाको लोक संस्कृति बाजा क्षेत्रमा उल्लेखनिय योगदान दिएका वरिष्ठ कलाकार, स्रष्टाहरूलाई नगद सहित र खेलाडीहरूलाई सम्मान पत्र टोखा नगरपालिका वडा नं-२ ले सम्मान गरेको छ।

    विभिन्न एशियाली खेलकुदमा स्वर्ण पदक जित्ने तथा सहभागीता जनाउने खेलाडीहरूलाई टोखा नगरपालिका वडा नं-२ ले सम्मान गरेको हो।

    टोखा नगरपालिका वडा नं-२ को कार्यालयमा आयोजित सम्मान कार्यक्रममा टोखा नगरपालिका वडा नं-२ ले खेलाडीहरूलाई सम्मान पत्र दिएर सम्मान गरेको हो। टोखा नगरपालिका वडा नं-२ ले आयोजना गरेको विशेष कार्यक्रममा विशिष्ट अतिथि प्रकाश अधिकारीले स्रष्टाहरूलाई २३ हजारका दरले सम्मान गरेको हो।

    यसैगरी प्रमुख अतिथि शशांक कोईरालाले राष्ट्रीय तथा अन्तर्राष्ट्रीय खेलमा सहभागिता जनाउने खेलाडीहरूलाई थप सम्मान पत्र दिएको छ। जसअनुसार वडा स्तरीय गजराज जोशी फुटबल प्रतियोगिताका विजेताहरू , ते- क्वान्डोका राष्ट्रीय तथा अंतरराष्ट्रीय खेलमा भाग लिने खेलाडीहरू, बक्सिंग, रक, क्रिकेट, फुटसल, फुटबल लाईसेन्स, वडी विल्डर्स,गुठीका लागि जग्गा दान दिने, र नेवा: गुठीका संरक्षण क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गरेको छ।

    भख्य चौरलाई सानो रंगशाला बनाउन पहल गर्ने मेयर प्रकाश अधिकारीको प्रतिबद्धता:

    टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखाको स्थानीय खेलाडीहरूको उत्पादन गर्न केन्द्रीय प्रदेश सरकारबाट भख्यलाई सानो रंगशाला बनाउन पहल गर्ने बताएका छन्।

    खेलाडीहरूलाई फुटबल कोच गर्न र केही हजारौं दर्शहरू समेत हेरेर बस्न लायक़ रंगशाला निर्माणका लागि प्रदेश सरकारसँग कुरा गर्ने बताएका हुन्। यसैगरी राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेका टोखाका स्थानीय खेलाडीहरूलाई उचित सुविधा बढाउन समेत पहल गर्ने प्रतिवद्धता अधिकारीले व्यक्त गरे।

    कार्यक्रममा टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीले भख्य चौरलाई निर्माण कार्यमा ढीला भएको र व्यवस्थित गर्न नसकेकोले थुप्रै त्रुटि रहेको बताए। बी डिभिजन लिग खेलमा जम्मा टोखाको २ जना मात्र खेलाडी भएकोले टोखामा स्थानीय खेलाडी उत्पादनमा ध्यान नदिएको भन्दै उनले गुनासो गरे। भख्य चौरको अहिले प्रारम्भिक निर्माणको चरणमा रहेका बेला सम्बन्धित क्षेत्रका विज्ञ लगायत सरोकारवालाहरूलाई सहभागी गराएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो।

    आगामी दिनमा टोखामा संस्कृति क्षेत्रमा बजेट बनाउँदा ध्यान दिन उनले आग्रह गरे। टोखा नगरपालिकाले आगामी दिन २०७८ मा टोखामा बजेट बढाउन माग गर्दे आएका छन्।



    Facebook Comments

    छुटाउनुभयो कि? सबै