टाेखा लाइभ ठट कम / बैशाख १,२०७८
काठमाडौं : गायिका नानीमाया महर्जनको नयाँ नेवारी गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘भाजु छिथाय् जि वया’ बोलको गीतमा स्वयं नानीमायाले नै शब्द र संगीत भरेकी छन् ।
विरेन शाक्यले एरेन्ज गरेको उक्त म्युजिक भिडियो राजेन्द्र डंगोलले गरेका छन् भने भिडियो सम्पादन पनि स्वयं डंगोलले नै गरेका छन् । उक्त म्युजिक भिडियो हाइलाइट्स नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
सुरज नापितले निर्देशन गरेको गीतको भिडियोमा सरोज ढुंगाना, रोजिशा महर्जन, नानीशोभा महर्जन, युलशी गैरे र नारन विष्टको कुशल अभिनय रहेको गीतको भिडियोमा देख्न सकिन्छ ।
गीतको भिडियो हेर्न Click गर्नुहोस् :-

