काठमांडौं। २०७७, चैत्र ३१ गते मंगलवार।
टोखामा रगत अभाव हुन नदिन स्वनिग: हाईकर्स र टिम व्लड पल संस्थाको आयोजनामा टोखा नगरपालिका वडा नं-२ मा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
बढ्दो रगतको मागलाई परिपुर्तीका लागि टोखामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको स्वनिग: हाईकर्सका प्रमुख धर्मेंद्र नापितले टोखा लाइभलाई जानकारी दिए ।
उनका अनुसार रक्तदान कार्यक्रम विहान ८ :३० बजेदेखी सुरु भई अपरान्ह ३ बजेसम्म चल्नेछ ।
टोखा दिन प्रति दिन तीव्र गतिमा विकसित हुँदै गएकोले रगतको माग पनि बढ्दै गएको रक्तदान कार्यक्रम आयोजना गरिएको नापितले बताए । यस रक्तदान कार्यक्रम स्वनिग : हाईकर्सले पहिलो पटक आयोजना गरेको हो ।

