टाेखालाइभ डट कम / चैत्र२९ ,२०७७
पौभा चित्रकारिता नेपालकै मौलिक कला हो, यो कुनै विदेशी कलाबाट प्रभावित भएर सिर्जिएको कला होइन । त्यसकारण पनि आफुलाई पौभा चित्रकारिता गर्दा एक प्रकारको आनन्द र आफ्नोपन महसूस हुने गरेको बताउने शंख नारायण श्रेष्ठ अहिले ४५ वर्ष लागे। उनले पौभा: चित्रकलामा लागेको पनि २८ वर्ष नाघि सक्यो।यो अवधिमा उनले आर्यतारा, बौद्ध, शाक्त, भैरव र नमोबुद्धका दर्जनौ चित्रहरू बनाई सकेका छन्।भने प्रत्येक वर्ष नेपाल आर्ट काउन्सिलमा आयोजना हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा पनि सफलतापुर्वक सहभागिता जनाइरहने लगनशिल कलाकार हुन् शंख नारायण श्रेष्ठ ।
हाल लुम्बिनीको ड्रिगुङ्ग काम्युद् महा पद्म चैत्य जर्मन गुम्बामा टाेखाका पुराना कलाकार शंख नारायण श्रेष्ठ सहित उनका साथीहरु सोनम लामा र छेसाङ्ग लामा सहितको टाेली अहिले लगातार लागिरहेका छन् ।

लुम्बिनीमा जर्मन बौद्ध बिहार जुन १८ वर्ष अघि नै बनेका हुन्।लुम्बिनीको जर्मन विहारमा ज्यादै महत्वका बौद्ध कलाकृतिहरू छन्। बिहारको ठूलो हलमा क्यामेरा प्रयोग गर्न नदिनुको खास कारण हो– भड्किला पहिरनमा आउने युवा–युवतीले ती धार्मिक चित्रलाई पृष्ठभूमिमा राखेर असहज भावभंगिमाका साथ फोटो खिच्नु।
जर्मन गुम्बा बिहार
अहिले त्यति बेला बनाएका चित्रहरु केही नदेखिने भएपछि टाेखाका कलाकार शंख नारायण श्रेष्ठ र बौद्धका सोनम र छेसाङ्ग दिनरात तीन महिना देखि गुम्बामै बसेर ती चित्रहरु मर्मत गर्ने देखि लिएर नयाँ बौद्ध धर्मसंग सम्बन्धित चित्रहरु बनाउन ब्यस्त भएका छन् । जर्मन गुम्बामा ती कलाकारहरुले बनाएका बौद्ध , स्वयम्भू र नमोबुद्धका कलाकृतिहरु बनाएर समग्रमा कामको ८० प्रतिशत लगभग सकिएको टाेखाका कलाकार शंख नारायण श्रेष्ठ बताए।

उहाँको परिभाषामा पौभा: भन्नाले नेपालका नेवा: जातिहरूको मौलिक परम्परागत चित्रकला भनेर बुझिन्छ।यो चित्रकला तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग पनि मिल्दोजुल्दो हुन्छ।कपडामा लेखिने यो पौभा: चित्रकला देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासंग सम्बन्धित चित्रहरू बनाउने गरिन्छ।
धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाहरूको अध्ययन गरी तिनलाई प्रतीकको रूपमा विभिन्न मुद्रा , आसन, तथा प्रतिमा लक्षण मिलाई पौभा: मा उतारिन्छ।
स्व: अभ्यासले नै पौभा: बनाउन जानेका लोक यसले आध्यात्मिक शिक्षा दिने बताउदै यो विषय धेरै हुन्छन् ति महायान र बज्रयान दर्शनबाट पनि प्रभावित छ।यसैगरी शाक्त, शैव र वैष्णव पनि पौभा: चित्रकलामा उतारिन्छ।

लुम्बिनीमा धेरैजसो मुलुकले गुम्बा बनाइसकेका छन् भने कतिपयले बनाइरहेको देखिन्छ । लुम्बिनी पुग्दा यस्तो महशुस हुन्छ, अहिले सबैभन्दा आकर्षक गुम्बा बनाउन विदेशी मुलुकबीच प्रतिस्पर्धा भइरहेको कलाकार शंख नारायण श्रेष्ठले बताए। लुम्बिनीमा बनाइएको नेपाली गुम्बा पनि मौलिक छ । करोडौं रुपैयाँ खर्च गरी बनाइएका यस्ता कलात्मक गुम्बाहरुले पर्यटकको ध्यान खिच्ने गरेको छ ।
बुद्धले विश्वभरि शान्ति र अहिंसाको सन्देश फैलाए । बुद्धको जन्म लुम्बिनीमा भएको थियो । अहिले यो ठाउँ अर्बौं बौद्धिष्टहरुको आस्थाको केन्द्र बनेको छ । अहिले उनका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्तिका भगवानको रुपमा पूजा गरिन्छ ।
लुम्बिनीमा जर्मन बौद्ध बिहार जीवनमा एकपटक पुग्नै पर्ने ठाँउहरु धेरै छन् । त्यहाँ बुद्धको जीवनकालका महत्वपूर्ण दिनहरुको झझल्को दिनेगरी मूर्तिहरु राखिएका छन् । जसले पर्यटकलाई बुद्धको विगतमा फर्काइदिन्छ ।

