टोखा लाइभ ।२०७७ चैत्र २८ गते
काठमाडौं । टोखा नगरपालिकामा वडा नं -२ र ३ मा गत फाल्गुन २९ गते देखि चैत्र २८ गते सम्म हरेक शनिवारे भएको ५ हप्ते टोखा कला कार्यशाला आयोजना आज सम्पन्न गरेको छ । करिब २० भन्दा बढी चित्रकारले टोखाको विभिन्न ठाउँमा गएर स्थलगत चित्र कोरेर विस्का: जात्रालाई लक्षित गरी वैशाख १ गते देखि ४ गते सम्म चित्र प्रदर्शन गरिने भएको छ।

गत फाल्गुनको २९ गते शनिबारदेखि सुरु भएको उक्त टोखा कार्यशालामा कलाको ऐतिहाासिक पक्ष, सभ्यताको विकासक्रममा कलाको विकास, कलाका सैद्धान्तिक तथा व्यवहारिक जनजीवनको पाटाका बारेमा कलाकारले क्यानभासमा उतारेको थियो।
कार्यशालामा कलाका शैलीगत तथा विषयगत पक्षमाथि चर्चा गर्दे कलाकार दिनेव प्रधानले भन्नु भयो – “ कला दृश्यभाषा र अनुभूतिको भाषा भएकाले यसलाई सबै दर्शक तथा मानिसले सहजै ग्रहण गर्न सक्छन्,’दिवेसले अगाडी थप्नुभयो, ‘मानवीय संवेग र व्यक्तिगत पहिचानका रुपमा कलाले मानिसलाई फरक देखाउँछ ।’
चित्र कलाले समाज, देश, धर्म, संस्कृति, इतिहास, पुरातत्व, राष्ट्रियता, राजनीति लगायतका विषयलाई चिनाउने भएकाले यसको विशिष्ट भूमिका रहनेमा जोड दिँदै कलाका विषय पनि यिनै वरिपरी रहने धारणा तलेजु क्वाखल टोल विकास संस्थाका सचिव धर्मेन्द्र नापितले टोखा लाइभलाई बताउनु भयो।

कोभिड–१९ का कारण कलाको गतिविधी कम भएपनि कलाकारहरु सृजनामा सकृय रहेका र यो विषम परिस्थितिको अन्त्य पछि टोखामा रहेको कलालाई कसरी अगाडी लैजान सकिनेमा आफु चिन्तनशील रहेको कलाकार चन्द्रा श्रेष्ठले बताउनु भयो ।

