• TOKHA LIVE

    • २८ चैत्र २०७७, शनिबार १८:२०

    भगवती क्लबको स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न

    टोखा लाइभ । २८ गते चैत्र २०७७

    काठमाडौं : भगवती क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी भब्य रुपमा स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ। भगवती क्लबका अध्यक्ष मदनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २०४७ सालको स्थापना काल देखि नै उत्कृष्ट योगदान गर्ने अध्यक्ष, संस्था र सदस्यहरू सम्मानित भएका छन्।

    कार्यक्रममा समाजमा विभिन्न तवरले टेवा पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरियो। भगवती क्लबकाको संस्थापक मनिन्द्र राज जोशी , उप मेयर ज्ञानमाया डंगोल, मनिष जोशी, टोखा नगरपालिका वडा नं_२ का वडा अध्यक्ष दिपक राज जोशी, वडा नं -३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ र समाजसेवी देवराज डंगोल सम्मानित भएको छ।यस्तै गरी सुमार्ग ट्रेडिंगका अध्यक्ष सुमन डंगोल प्रमुख अतिथि पूर्व उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका प्रकाशमान सिंहले प्रमाणपत्र सहित सम्मान प्रदान गर्नुभयो।

    कार्यक्रममा अतिथिको रुपमा बोल्दै पूर्व उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री प्रकाशमान सिंहले भगवती क्लव समाजका लागि हितकारी रहेको बताउनु भयो । भगवती क्लवले समाजका लागि गर्दै आएको काम निकै उत्कृष्ट रहेका बताए। सिंहले देशको राजनीतिक समस्या अहिले प्रमुख भएकाले सर्वप्रथप यसको समाधान भए अन्य समस्याहरु समाधान आफै हुने धारणा व्यक्त गर्नु भयो ।


    यसै गरी टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीले भगवती क्लबलाई विभिन्न सल्लाह र सुझावहरू दिनु भयो। आगामी दिनमा अझै यस यस क्लबले राष्ट्रकै लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने एवं क्लवले धेरै उत्कृष्ट कार्यहरु गर्दै जाने र आजको महान कार्यमा सम्मानित हुने सबै उच्च पदस्तका व्यक्तिहरुलाई बधाई तथा शुभकामना पनि दिनु भयो ।कार्यक्रममा समाजिक क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत विभिन्न क्लबका सदस्यहरू पनि सम्मानित भएका थिए ।

    कार्यक्रममा भुपु अध्यक्ष कसिनारायण श्रेष्ठ लगायतका विभिन्न सरकारी कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै