• TOKHA LIVE

    • २७ चैत्र २०७७, शुक्रबार २०:०३

    पर्यटनको पहिलो रोजाई टोखा – बुढानिलकण्ठ

    जय न्यौपाने

    टाेखालाइभ / चैत्र २७

    बुढानिलकण्ठ तपेस रिसोटमा हिजो आयोजित पर्यटन प्रबर्द्धनको बिकास सांस्कृतिक विरासत सगै धार्मिक पौराणिक सामुदायिक संस्कृति संरक्षण र ऐतिहासिक नगरी मात्र नभएर काठमाडौं राजधानी कै अमूल्य गहना नगरी टोखा – बुढानिलकण्ठ प्राचीन किम्बदन्ती देवभुमि बिश्रामस्थल समसितोष्ण जलवायु हिमाचल पर्वत लोकको वायु बैकुण्ठपुर कान्तिपुरी नगरी काष्टमण्डप उत्तर गया संगैको स्वर्गरुपी प्राकृतिक छताको सौन्दर्यले भरीपुर्ण नेपालको राजधानी केन्द्र को भुभाग जुन सत्य युग मा देवी देवता को तपोभुमी संगै बाघद्वार बष्णुमती तीर्थ सपनातीर्थको संगम तीर्थ यबम् राष्ट्रिय निकुञ्ज बुढानिलकण्ठनगरपालिकाको नागीन गुफा बुढानिलकण्ठ नारायण बष्णुमती उद्गग्म् स्थल खप्तड समाधी पौराणिक तीर्थ संगम स्थल माहाभारत पर्वत जिवजीवात्मा वनस्पतिको अनेकौ प्रजातिको बासस्थान रहेको स्वच्छ हावा पानी मनमोहक प्राकृतिक छटाले भरीपुर्ण एतिहासिक किम्बदन्ती यबम् शान्ति धाम मात्र नभई श्रीस्वथानी ब्रत कथा अनुरुप दक्षप्रजापती राजाले अश्वमेघ यज्ञ गरेको चण्डेस्वरी मन्दिरमा शिलालेख भौगोलिक प्रमाण देख्न सकिन्छ।

    बर्तमान परिवेसमा देश विदेसको महत्वसंगै
    ” मेरो क्षेत्र मेरो योगदान सकृय सहभागिता सहितको श्रमदान”
    मुल अभियान का साथ टोखा , बुढानिलकण्ठ नगरपालिका लाई ऐतिहासिक महत्व संगै पर्यटकिय गन्तव्य को रुपमा विकास गर्ने उदेश्यका साथ आयोजित उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय दीपक निरौलाले समग्र पर्यटन विकासमा रोजगारी उद्यमशीलता सांस्कृतिक पहिचान मौलिकता कृषिसंगै अर्थोपाजन को उचित अवसर स्थानीय स्रोत र साधनको महत्व अवसर रोजगारसंगै देश कै समृद्धिको आधारको निमित्त पर्यटन प्रबंधन का लागी साईकिलीङ, होम स्टे हॉकिंग रिसर्च ,प्याराग्लाडिङ् , झरना , गुफा पर्यटकिय गन्तव्यको सुन्दर नगरी जाहा देशकै राजधानीसंग जोडीएको राष्ट्रिय निकुञ्ज धार्मिक सामाजिक सांस्कृतिक महत्व सगै ऐतिहासिक ज्ञान पौराणिक प्रमाण जैविक विविधता सहितको अवस्मरणिय यात्रा अन्बेषणसंगै पर्यटकिय गन्तव्यको रूपमा पहिलो रोजाई टोखा – बुढानिलकण्ठको विकल्पको रूपमा अरु हुनै सक्दैन ।

     

    पशुपतिनाथ वौद्धनाथ आनी गुम्बा बुढानिलकण्ठ बाघद्वार सुन्दरीजल खप्तड बाबा समाधीस्थल राष्ट्रिय फुल लालीगुराँस हरेक प्रजातीका बन्यजन्तु अनेकौ प्रजातीका पुतली ,बोट बिरुवाको अबलोकनसंगै स्वादिष्ट परीकार ब्राह्मण श्रेत्री, नेवार, तामाङ, समुदायको अा- अाफ्नै संस्कृति मौलिकता युक्त सत्कार रहेको क्षेत्र मा काठमाण्डौको सुन्दर मनमोहक दृष्य पारीका मनमोहक हिमालयहरु हेर्दै रम्न पर्यटकिय सम्बर्द्धन र प्रबर्द्धनका निमित्त प्रदेश सभा सदस्य माननीय दीपक निरौला को आयोजनामा कार्यक्रम आयोजना गरिएको हो।

    उक्त कार्यक्रमा टोखा नगरपालिका उप -प्रमुख ज्ञानमाया डंगोलले पर्यटकिय नगरीको महत्व र अबसर प्रकृतिक र ऐतिहासिक नगरी मात्र नभई पर्यटकिय टोखा – बुढानिलकण्ठ ऐतिहासिक प्रमुख गन्तव्य पहिलो रोजाई बनाउन सकृय रहने बिस्वास सहित आयोजक प्रदेश सभा सदस्य माननीय दीपक निरौलाको सचिवालयलाई धन्यवाद दिदै पर्यटन तर्फ यस्ता किसिम को तालीम सहित स्थानीय भाषा संस्कृति समाज रोजगारी समृद्धिको मुल आधार बन्ने उद्घोष गर्दै आयोजक प्रति उच्च संमान ब्यक्त गर्दै पर्यटन प्रबर्द्धनका लागी अवसर र लगानी गर्न प्रोत्साहित गर्दै पर्यटन ब्यबसायी स्थानीय व्यक्ति सरोकारवाला जनप्रतिनिधि ब्यबसायीको रोजाई र आकर्षण संभावना सकृय सहभागिताले आयोजक प्रदेश सभा सदस्य माननीय दीपक निरौला सहित सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
    उक्त कार्यक्रमा स्थानीय बुद्धिजीवी सरोकारवाला वडा जनप्रतिनिधि नागरिक समाज लामो समय देखी योगदान गरीरहनु भएको पर्यटन ब्यबसायी, पत्रकार लगायतको उपस्थितीमा पर्यटन प्रबन्धन कार्यक्रम सम्पन्न भएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै