• TOKHA LIVE

      TOKHA LIVE

    • २७ चैत्र २०७७, शुक्रबार १८:५७

    टोखा ५ मा श्रीसमाज टोलमा करिव ६०० मिटर बाटो ढलान हुँदै

    शोभा तामाङ

    facebook sharing button
    sharethis sharing button२७ चैत, काठमाडौं । टोखा ५ मा रहेको श्रीसमाज भवन नजिक श्रीमार्ग पारिजातबाट सरोज शर्माको घरसम्म करिव ६०० मिटर लम्बाई र चौडाई ५–६ मिटरको बाटोमा खानेपानी तथा ढल निकासको निमित्त पाइप फेर्ने कार्य भइसकेको छ। उक्त बाटोमा मंगाल बनाउनेदेखि लिएर विभिन्न पुर्वाधारहरुलाई पनि मध्यनजर राखी खानेपानी तथा ढल व्यवस्थापन गर्ने काम भईसकेको छ केही दिनमा उक्त बाटो ढलान गरिने वडा नं. ५ का अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो।

    टोखा नगरपालिकाको बजेट सहयोगमा निर्माण हुन लागेको उक्त सडक आयोजना सुचारु हुन लागेको हो। यस आयोजनाको सम्झौता रकम ७९ लाख ११ हजार रहेको छ भने यस निर्माण कार्य अबको केही दिन भित्रै सम्पन्न भइ संचालनमा आउने वडा अध्यक्षले जानकारी दिनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै