• Sanu Raj Dangol

    • २७ चैत्र २०७७, शुक्रबार १६:३३

    टाेखा बिस्काः जात्रा २०७८ व्यबस्थित गर्न प्रकाश डंगोलको संयोजकत्वमा २१ सदस्यीय बाजा व्यवस्थापन उप-समिति गठन:-

     

    टाेखा लाइभ डट कम/ चैत्र २७ २०७७

    प्रत्येक नयाँ वर्षको सुरुवात सँगै टाेखामा बैशाख १ देखि ४ गतेसम्म हुने सपनतीर्थ मेला तथा बिस्काः जात्रा तयारीका लागि जात्रालाई सुसंस्कृतिक , सभ्यता पुर्वक मर्यादित र शान्तिपूर्ण ढंगबाट भव्यताका साथ सम्पन्न गर्न आउदै गरेको टाेखा बिस्काः जात्रा २०७८ लक्षित सरोकारवाला निकायहरुबीच आज टोखा नगरपालिका २ स्थित तलेजु मन्दिर परिसरमा भएको छलफलमा नेवा: गुथि टाेखाका बाजा संयोजक प्रकाश डंगोलको संयोजकत्वमा २१ सदस्यीय बाजा व्यवस्थापन उप-समिति गठन गरेको छ।

    उक्त उप-समितिको सदस्यहरुमा शेखर डंगोल( भगवती ब्रास बैण्ड),रामकृष्ण डंगोल( सपनतिर्थ दापा खल:), धर्मराज श्रेष्ठ ( चण्डेश्वरी दापा खल:),ज्ञानकाजी श्रेष्ठ (जोर भिमसेन दापा खल:),शैलेस डंगोल ( इन्द्रायणी दापा खल:),धनवीर लवत ( सहलुबी दापा खल:), अमर डंगोल ( सपनतिर्थ धिमे खल:), कान्छा डंगोल ( सरस्वती धिमे खल:), सुरेश श्रेष्ठ (चण्डेश्वरी भजन खल:), महेस्वरी डंगोल ( शिवनारायण भजन खल:),मोहन माया श्रेष्ठ ( गणेश भजन खल:), बिक्रम राज श्रेष्ठ ( सपनतिर्थ धां खल:), सन्जु डंगोल ( जनचेतना धिमे खल:) ,गणेशलाल श्रेष्ठ ( तलेजु धिमे खल:), हरिनारायण श्रेष्ठ ( मु: ध्वाखा धिमे खल:), मिमलाल खड्गी (नायखिं बाजा खल:), आइते महर्जन ( गणेश बासुरी खल:), आशनारायण डंगोल ( प्वं खल:) र सिद्धिलाल महर्जन (लशकुश बासुरी खल:) रहेका छन् ।

    स्थानीय टाेखा बिस्काः जात्रा २०७८ व्यवस्थापन गर्न
    सरोकारवाला निकायहरुबीच भएको छलफलमा अतिथि टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशीले जात्रालाई मात्रै केन्द्रित हुँदा काेभिड-१९ लाई मनि मनन गरि स्वास्थ्य सुरक्षाको मापडण्दको पालना गर्दै परिस्थिति अनुकुल जात्रा सञ्चालन गर्न अनुरोध गर्नुभएको थियोे ।

    नेवाः गुथि टाेखाको आयोजनामा रमेश नापितको अध्यक्षतामा बसेको बैठकमा सपनतिर्थ दापा खल: अध्यक्ष अष्ट नारायण डंगोल , यलाग दापा खलका राजवीर डंगोल ,टाेखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति अध्यक्ष गणेशमान श्रेष्ठ , पुर्व नेवा: गुथी टाेखाका अध्यक्ष देवराज डंगोल , मुल नायके हेमराज श्रेष्ठ लगायतले टाेखा बिस्काः जात्रा २०७८ लाई सुसंस्कृतिक , सभ्यता पुर्वक मर्यादित बनाउन एकआपसी प्रतिस्पर्धात्मक भावना नराखी सभ्यढंगबाट जात्रालाई अगाडि बढाउने,अराजक हुने किसिमले नबजाउने, परम्परा देखि चल्दै आइरहेको बाजामा रित चलाउन अत्यावश्यक शैलीका सुरतालका धुनहरु मात्र बजाउनु पर्ने बिषयमा केन्द्रित रहेर बृहत छलफल भएको थियो।

    बैठकमा टाेखा बिस्काः जात्रा २०७८ बैशाख २ र ३ गते रात्रिकालिन समयमा हुने बैधानिक या: प्याखं, नाग प्याखं, माक प्याखं नृत्य लगायत विविध नृत्य संचालनका क्रममा कुनै पनि बाजा खल:, पुच:ले बाधा अद्चन नगरि व्यवस्थित संचालन गर्ने निर्णय गरेको थियो ।त्यसै गरि धिमे बाजा व्यवस्थापन अन्तर्गत धिमे २ वटा भुस्या १ राख्ने र अन्य खल: पुच:बाधा नपर्ने गरि व्यवस्थापन गर्ने गरि समितिले निर्णय गरेको थियो ।

    बैठकमा टाेखामा  विभिन्न जात्रा पर्वहरु निरन्तर चलाउदै आइरहेका विभिन्न खल: पुचमा प्रतिनिधित्व गर्ने क्रियाशिल सदस्य, पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

    टाेखा बिस्काः जात्रा २०७८ तयारी बैठकको लागि गत हप्तामा  जात्रामा सम्मिलित हुने द्यः खल: दाफा तथा भजन खल: लगायत विभिन्न सामाजिक संघसंस्था, राजनीति दल, प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रशासनका प्रतिनिधिहरुको सहभागितामा टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलको संयोजकत्वमा ११ सदस्यीय ‘टाेखा बिस्का जात्रा व्यवस्थापन मूल समारोह समिति-२०७८’ को समेत गठन गरिएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै