टाेखालाइभ डट कम / चैत्र २२
टाेखा नगरपालिकाको आयोजना तथा नेवा: गुथि टाेखा संयोजकत्वमा टाेखा नगरपालिका वडा नम्बर २ को सहयोगमा गत फागुन २१ देखि सञ्चालन भएको १ महिना लामो नेपालको राष्ट्रिय पहिचानको रुपमा रहेको ‘नेपालभाषा लिपि’ नेपाल प्रचलित लिपि कक्षा प्रशिक्षण कार्यक्रमको समापन आज टाेखा नगरपालिका वडा २ मा सम्पन्न भएको छ ।
नेपाल प्रचलित लिपि प्रशिक्षण कार्यक्रमको समापनका प्रमुख आतिथि टाेखा नगरपालिका उप-प्रमुख ज्ञानमाया डंगोलले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितीका अध्यक्ष गणेशमान श्रेष्ठ , नेवा: गुथि टाेखाका सल्लाहकार तथा नेवा: दे दबु: का केन्द्रिय सचिव सत्यनारायण डंगोल ,नेवा: गुथि टाेखाका वरिष्ठ उपाध्यक्ष सुर्यमान डंगोलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाल प्रचलित लिपि प्रशिक्षण कार्यक्रमको समापनका नेपाल भाषा प्रचलित लिपि गुथिका अध्यक्ष निरन्जन ताम्राकार , नेपाल प्रचलित लिपि प्रशिक्षक मनिराज मानन्धरले ३० दिने नेपालभाषा लिपि कक्षाको परिक्षामा प्रथम भएका सपना डंगोल , द्वितीय भएका प्रकाश डंगोल
र तृतीय भएका सविता श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।भने प्रचलित नेपाल लिपि प्रशिक्षणमा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई पनि प्रमाणपत्र वितरण गर्नुभएको थियोे । नेपालभाषा कक्षाको श्री चण्डेश्वरी माध्यामिक विद्यालय टाेखा २ मा प्रत्येक दिन बेलुका ६-७ बजेसम्म ३० दिनसम्म नेपालभाषा लिपि कक्षा संचालन भएको थियोे ।

नेपाल लिपि गुथिका अध्यक्ष निरञ्जन ताम्राकार र नेपाल प्रचलित लिपि प्रशिक्षक मनिराज मानन्धरलाई प्रमुख अतिथि नगर उप-प्रमुख ज्ञानमाया डंगोलले सम्मान पत्र प्रदान गरेका थिए । भने टाेखा वडा २ का वडाध्यक्ष दिपक राज जोशीलाई मायाको चिनो प्रदान गरेका थिए ।
नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितको सभापतित्वमा
सञ्चालन भएको सो समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल लिपि गुथिका अध्यक्ष निरञ्जन ताम्रकारले धन्यवाद ज्ञापन गर्दै टाेखा नगरपालिकामा सञ्चालन भएको लिपि प्रशिक्षण कार्यक्रमले आफु उत्साहित भएको बताउदै उहाँले जब सम्म नयाँ पुस्तालाई सिक्न हस्तान्तरण गर्दैनन् तब सम्म केही नहुने हुँदा यो कक्षा संचालनलाई विशेष जोड दिनुपर्ने धारणा राख्दै निरन्तर रूपमा नेपाल भाषा लिपि कक्षा संचालनमा आफू सधै साथ र सहयोग गर्न तयार रहेको बताउनु भयो।
प्रमुख अतिथिको मन्तव्य दिनुहुँदै टाेखा नगरपालिका उप-प्रमुख ज्ञानमाया डंगोलले भाषा , संस्कृति र लिपिहरु सम्पूर्ण आदिवासी तथा सम्पूर्ण नेपालीहरुकै सम्पत्ती भएकाले यसलाई संरक्षण र सम्बर्द्धन गर्न टाेखा नगरपालिका , २ वडा र नेवाः गुथि टाेखाले सञ्चालन गरेको यस प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै भाषा , संस्कृति र लिपि, परम्परागत नेवा: पहिरण जोगाउनु पर्छ भनेर आफुले टाेखा नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई पनि नेवा: पहिरण हाकुपतासीको व्यवस्था गरेको बताइन् । साथै उहाँले स्थानीय भाषा , कला , संस्कृति समेटिएको स्थानीय पाठ्यक्रम तयार भैरहेको अवगत गराउदै टाेखा नगरपालिकामा नेपाल भाषाको पाठ्यक्रम लागू गराउन पाठ्यक्रम तयार भएपछि त्यो प्रक्रियालाई आफुले केन्द्रबाटै पहल गरिने बताइन् ।

कार्यक्रममा अतिथि टाेखा नगरपालिका २ का वडाध्यक्ष दिपकराज जोशीले स्थानीय भाषा , कला , संस्कृति सिकेर यस्लाइ पछि सम्म संरक्षण गर्न ,जगेर्ना गर्न , निरन्तरता दिदै, जिवन्त बनाउदै लैजान यस किसिमको कार्यक्रम अत्यन्तै फलदायी हुने भएकोले आउँदा दिनमा पनि टाेखाको आफ्नै भाषा , कला , संस्कृति उत्थान हुने कार्यक्रमलाई साथ दिन टाेखा नगरपालिका वडा २ कार्यालय हातेमालो गर्दै अगाडि बढ्न सधैं तयार रहेको बताउनुभयो ।
नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले टाेखा नगरपालिका, टाेखा वडा २ कार्यालय ,नेपाल लिपि गुथि, प्रशिक्षक र प्रशिक्षार्थीलाई शुभकामना तथा धन्यवाद दिदै पछिल्लो समयमा आफ्नो मातृभाषा बोल्ने तथा लेख्न प्राय हराइसकेको अवस्थामा भाषा र लिपिको उत्थानका लागि ३० दिने नेपालभाषा लिपि कक्षा प्रशिक्षणको आयोजना गरिएको नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले लिपि कक्षा प्रशिक्षणको समापनका क्रममा बताउनु भयो ।
नेवा: गुथि टाेखाका महासचिव हेराकाजी डंगोलले संचालन गरेको नेपाल प्रचलित लिपि प्रशिक्षण कार्यक्रममा
नेवा: गुथि टाेखाका पुर्व अध्यक्ष देवराज डंगोल ,
नेवा: गुथि टाेखाका सल्लाहकारहरु अष्टनारायण डंगोल, मनिष जोशी , टाेखा मुल नायके हेमराज श्रेष्ठ ,टाेखा नगरपालिका वडा २ का सदस्य हेराकाजी महर्जन, नेवा: गुथि टाेखाका सचिव रामलाल महर्जन र प्रशिक्षार्थी शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो।

