टाेखालाइभ डट कम/ चैत्र २१ काठमाडौं
प्राचीनकालमा टोखाका राजा भिल्मोका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु -पुजारीले आफ्नी श्रीमतीको तीव्र इच्छाका कारण तान्त्रिक बलबाट नागको रूप धारणा गरेछन् ।

टोखावासीले नाग र नागिनीको आत्माको शान्तिको कामना गर्दै हरेक वर्ष विस्का : जात्रा मनाउने गरेका छन् । स्थानीयवासीका अनुसार प्राचीनकालमा टोखाका राजा भिल्मोका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु -पुजारी) ले आफ्नी श्रीमतीको तीव्र इच्छाका कारण तान्त्रिक बलबाट नागको रूप धारणा गरेछन् ।

पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षेता छर्कनुपर्नेमा आत्तिएर आफ्नै मुखमा हालिछन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे तापनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो । तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग-नागिनीको आत्माको शान्तिका लागि (बिस्का: नख: )बिस्केट जात्रा सुरु गरेको स्थानीय बासिन्दा टोखाका मुल नायके हेमराज श्रेष्ठ बताउँछन् ।

मु: नाय हेमराजका अनुसार, ‘बिस्या’बाट अपभ्रंश भएर ‘बिस्का’ र बिस्काबाट पनि अपभंरश भएर कालान्तरमा ‘बिस्केट’ नामकरण भएको जनविश्वास छ । यसको अर्थ ‘बि’ भनेको सर्प र ‘स्याका’ भनेको मारेको अर्थात् सर्प मारेको सम्झनास्वरूप बिस्का: जात्रा मनाउन थालिएको हो ।






