Trending now
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने
२०८३ कार्तिक १३, शुक्रवार
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
२०८३ कार्तिक १३, शुक्रवार
टाेखा लाइभ /चैैैत २० शिवपुरी
आयोजक शिवपुरी गाउँपालिका र विदुर नगरपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लिगको आप्mनो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
शिवपुरीका लागि आशिष थिङले खेलको १८ औं मिनेटमा पहिलो गोल गरे । उनले फ्रिकिकमा सुन्दर गोल गरेका थिए । त्यस्तै ३१ औं मिनेटमा अनिल थापाले दोस्रो गोल गरे । शिवपुरीका लागि ६० औं मिनेटमा सागर भण्डारीले र निर्धारित समयपछि थप गरिएको समयको अन्तिम मिनेटमा मोहन गुरुङले गोल गरेपछि शिवपुरीले पञ्चकन्यालाई ४–० गोल अन्तरको फराकिलो जित हात पार्न सफल भयो । शिवपुरीका कप्तान अलिक रुम्बा म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी शुक्रबारको दोस्रो खेलमा ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकाले २÷२ गोलको बराबरी खेले । ककनी गाउँपालिकाले पहिलो हाफमा २ गोल गरेर अग्रता लिएको थियो । ककनीका लागि ७ औं मिनेटमा विश्वास तामाङ र २९ औं मिनेटमा सुशिल तामाङले गोल गरेका थिए ।
तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको तारकेश्वरले २ गोल फर्कायो । तारकेश्वरले २ मिनेटमा २ गोल गरेको थियो । रोशन लामाले ५१ औं मिनेटमा र ५२ औं मिनेटमा शिरिष तामाङले गोल गरे । बराबरीपछि तारकेश्वर र ककनीले एक÷एक अंक बाँडेका छन् । ककनी गाउँपालिकाका अशिम लामा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै तादी गाउँपालिकामाथि ५–० को फराकिलो जीत हासिल गर्दै विदुर नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा विदुर नगरपालिकाका आकाश रानामगरले ह्याट्रिक गरे । उनले खेलको १२ औं, ३० औं र ५० औं मिनेटमा गोल गरेका थिए । विदुर नगरपालिकाका लागि साहिल नगरकोटीले २७ र ३१ औं मिनेटमा गोल गरे । खेलमा आकाश रानामगर म्यान अफ द म्याच घोषित भए ।

