• TOKHA LIVE

    • १९ चैत्र २०७७, बिहीबार २१:२७

    टोखा नगरपालिकामा महिला लक्षित कार्यक्रम हुने

    टोखा लाइभ ।२०७७ चैत १९ गते

    काठमाडौँ । विश्वव्यापीकरणसँगै अधिकांश नेवारी परम्परागत, मौलिक सामान, भेषभुषा , खाना , संस्कृति र रहन सहन लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै प्रचारप्रसार गराउने उद्देश्यले टोखा नगरपालिका वडा नं-२ स्थित गणेस्थान देखि पुखुसी सम्म यही शनिवार स्थलगत महिला लक्षित अभियान शुरु हुने भएको छ ।

    टोखाका स्थानीय रैथाने विभिन्न संस्कृति र खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अभियान शुरु गरिएको यसका मुख्य संयोजक पन्च कुमारी श्रेष्ठ ले टोखा लाइभलाई जानकारी गराउन भयो।

    यो अभियानले नेपाल र अन्तर्राष्ट्रिय जगतमा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको टोखा नगरपालिका वडा अध्यक्ष दिपक राज जोशीले बताउनु भयो।

    नेपाली पर्यटन र नेपाली मौलिक परिकारबीच गहिरो सम्बन्ध रहिआएको छ । कुनै पनि देशको पर्यटन प्रवद्र्धनका लागि त्यस देशको स्थानीय मौलिक खाना, रहनसहन र वेशभूषासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । भारत, थाइल्याण्ड, भियतनाम, स्पेन, कम्बोडिया, इटालीलगायत विश्वका थुप्रै देशले आफ्ना देशका खानाका विभिन्न परिकारहरुबाट पर्यटक आकर्षित गर्ने गरेका छन् । टोखा नगरपालिकामा पनि जातजातिको संस्कृतिअनुसारका परिकारलाई पर्यटनसँग जोडेर बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन सकिने अभियानका सोचकर्ता पन्च कुमारीले बताउनु भयो।

    नेपाल भ्रमणमा आउने पर्यटकहरु गाउँगाउँमा घुम्न, नेवारी संस्कृतिसँग रमाउन र उनीहरुका मौलिक खानेकुरा खान रुचाउने गर्दछन् । नेपाल भ्रमण गरी स्वदेश फर्किएका विदेशी पर्यटकहरुले नेवारी खाना र संस्कृतिलाई विश्वभर प्रचार गरेको पाइन्छ । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ ।

    टोखामा बन्ने स्थानीय परिकार, सामान बिक्री तथा वितरण, मखमली झोला, अचारको परिकार, लगायत स्थलमा राखेर प्रदर्शन पनि गर्ने र यसलाई प्रवर्द्धन गर्न सके नयाँ ‘प्रडक्ट’को समेत शुरुवात हुने संयोजक तथा वडा सदस्य पन्च कुमारीको विश्वास छ ।

    नेवारी परिकारका खानामा खर्च गराउन सके नेपालको प्रवर्द्धनमा थप सहज हुने देखिन्छ ।टोखाको खाना र परिकार प्रतिको विश्वास विश्वभर जाने छ जसबाट नेपाली पर्यटनमा नयाँ आयाम थपिन्छ,’ वडा अध्यक्ष दिपक राज जोशीले भने ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै