टोखा लाइभ । डट कम / चैत्र १३
टोखाको मुख्य प्रवेशद्वार गेट अर्थात( टोखा मू: ध्वाखा:) अहिले रंग रोगन गरेर दुलही जस्तै चिटिक्क सिङ्गारिएर थप आकर्षण र मन मोहक बनाएको छ । जस्को लागि टोखा नगरपालिका वडा ३ र तोखा मू: ध्वाखा टोल विकास संस्थाको विशेष पहलमा मू: ध्वाखाको रंग रोगन कार्य सम्पन्न गरेको छ।

टोखाको एक मात्र दुर्लभ मौलिक ध्वाखा, अहिलेका आधुनिक गेटहरु भन्दा छुट्टै पृथक टोखाको सांस्कृतिक पहिचान बोक्न सफल सात समुन्द्र पारी पुगेका परदेशीले सम्झनु पर्दा पनि तोखा भन्ने बित्तिकै मानसपटलमा पहिलो झल्को टोखाको प्राचिन पुरातात्त्विक ध्वाखा प्रतिविम्बित हुन्छ । पुरातात्विक दृष्टिकोणले प्राचीन मूध्वाखा :(टोखा गेट) महत्त्वपूर्ण सांस्कृतिक सम्पदा मानिन्छ। यो सांस्कृतिक मेरूदण्ड रूपमा रहेको जिवन्त धरोहरका आफ्नै विशेषता र किवदन्तीहरु छन् ।

टोखाको मू:ध्वाखा:ले पाएको पुनर्जिवन भनेकै उस्ले पुरानै शैलीमा निर्माण भएर बेजोड संग उभिनु नै यसको पहिचान हो। टोखा मू:ध्वाखा :टोखा गेट मा शुभ लाभको प्रतिकको रूपमा गणेश कुमारी बिराजमान छन् भने टोखा मु:ध्वाखा प्रवेशद्वारमा आठैवटा अष्टमङ्गल चिन्हहरूले सजाइएको छ।अष्टमङ्गलयुक्त कलशलाई पूर्ण कलश भनिन्छ र यसलाई शुभ साईत र श्रीसम्वृद्धिको प्रतिक मानिएको छ । यस्तै हिन्दु र जैन परम्परामा केहि आठ चिन्ह मध्ये केहिं चिन्हहरू फरक छन् । यी आठ चिन्हहरूको आ-आफ्नै प्रतिकात्मक अर्थहरू छन् । जस्मा श्री वत्स, पुण्डरिक, ध्वज, कलश, चमर, मत्स्ययुग्म, छत्र र शङ्खको संयुक्त रूपलाई बिषेश किसिमले स्थान दिइ सजाइएको यी चिन्हहरू ध्यान साधना र शिक्षणमा प्रयोग हुन्छ ।

विषेशतः नेवा: समुदायमा नव विवाहिता दम्पतिको, जंको गरेका जेष्ठ नागरिक र अन्य गण्यमान्य ब्यक्तिको स्वागत गर्न यी चिन्हहरू अंकित गरी द्वार सजाउने प्रचलन बौद्धहरूमा प्रचलित छ । नयाँ घर निर्माण सम्पन्न पछि गरिने गृहारम्भ, गृहप्रतिष्ठा पूजा आदि अवसरहरूमा अष्टमङ्गल अंकित माला वनाई घरलाई घेर्ने परम्परा पनि अद्यापि चलिआएको छ । नेवार बौद्ध परम्परामा प्रत्येक शुभ अवसरहरूमा (विवाह, म्हःपूजा, घर छोडेर कतै बाहिर जाँदा आदि) सगुन दिंदा अष्टमङ्गल सम्वन्धी स्तोत्र मङ्गलाष्तव वाचन गर्ने गरिन्छ ।

बौद्ध परम्परामा अष्टमङ्गल अष्टमंगलदेवी प्रतिमा (१८ औं शताब्दि) महायान वज्रयान बौद्ध परम्परामा अष्टमङ्गल चिन्हहरूको प्रचलन विहारहरू लगायत घरघरमा तथा सार्वजनिक स्थानहरूको कलाकृतिमा समेत देख्न सकिन्छ । भगवान बुद्धले बोधिबृक्ष मुनि बोधिज्ञान लाभ भएको दिन देवलोकवाट देवताहरू आइ यी आठ चिजहरू दान दिएको मानिन्छ ।


