• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • १२ चैत्र २०७७, बिहीबार २२:१५

    टोखा–९ मा ‘आधारभूत स्वास्थ्य केन्द्र’को स्थापना

    टाेखालाइभ डट कम / चैत्र १२

    टोखा नगरपालिका वडा ९ गोँगबुस्थित जागरण टोलमा टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त ‘आधारभूत स्वास्थ्य केन्द्र’को हिजो टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको छन् ।

    कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउदै नगरपालिकाले चाँडै नै प्रदेश अस्पतालसमेत सञ्चालनमा ल्याउने उहाँको भनाइ छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले
    टाेखा नगरपालिकाका प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीति अनुसार टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए । आगामी दिनमा टोखा
    नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने बताएको छ ।

    बुधबारदेखि सञ्चालनमा आएको यस आधारभूत स्वास्थ्य केन्द्रमा सुगर, ब्लड प्रेसर जाँच, बच्चालाई खोप, महिलालाई प्रसूतिसम्बन्धी जाँच गरिने टोखा नगरपालिका वडा ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले बताए । हाल यस केन्द्रमा अहेवसहित तीन कर्मचारी कार्यरत छन् । टोखा–२ मा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालकारूपमा सञ्चालन गर्नका लागि वाग्मती प्रदेश समेतले स्वीकृति दिइसकेको छ टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएसँगै गोँगबु नयाँ बसपार्क क्षेत्रका ५० हजार जनता प्राथमिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले बताउनुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै