• Sanu Raj Dangol

    • १२ चैत्र २०७७, बिहीबार १३:२८

    टाेखा ३ मा बन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि १ दिने कार्यशाला गाेष्टि सम्पन्न :-

    टाेखालाइभ डट कम/ चैत्र १२ काठमाडौं

    टाेखा नगरपालिका वडा ३ मा बन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि १ दिने कार्यशाला गाेष्टि हिजो सम्पन्न भएको छ।
    टाेखा नगरपालिका  ३ वडा कार्यालयको सभाहलमा संचालन भएको कार्यक्रमको आयोजक ईन्द्रायणी भुतखेल सामुदायिक वन समुहकाे आयाेजनामा डिभिजन बन कार्यालय र सब डिभिजन बन कार्यालय लैनचाैरको संयुक्त सहकार्यमा बन्यजन्तु अपराध नियन्त्रण सचेतता सम्बन्धि १ दिने कार्यशाला गाेष्टिमा सामुदायिक वन उपभोक्ता समुह , नेपाल प्रहरी र टाेखा नगरपालिका वडा ३ का जनप्रतिनिधिहरुसंग छलफल गरेको थियो ।

    बन्यजन्तु अपराध नियन्त्रण सचेतता सम्बन्धि १ दिने कार्यशाला गाेष्टिमा टाेखा नगरपालिकाका वडा ३ का तीन वटा बिद्यालयका शिक्षक र विद्यार्थी भाइबहिनीहरु गरि २५ जनाले सहभागी जनाएका थिए ।

    कार्यक्रमको संचालन तथा आयोजक ईन्द्रायणी भुतखेल सामुदायिक वनका अध्यक्ष सुर्यमान डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि डिभिजन बन कार्यालय काठमाडौंका अधिकृत अनिल रेग्मिले वन्यजन्तुको चोरीशिकारी र आखेटाेपचारहरु अवैध ओसारपसार तथा बिक्रीवितरणका कारण विश्वब्यापी रूपमा दुर्लभ तथा संङ्कटापन्न वन्यजन्तुहरु लोप हुने अवस्थामा पुगेको बताउदै बन्यजन्तु अपराधको जालोमा विशेष गरि १८ वर्ष देखि ३० वर्ष सम्म उमेर समुहका ब्यक्तिहरु वन्यजन्तुको चोरीशिकारी र आखेटाेपचारहरु अवैध ओसारपसारमा सर्वसाधारण भरिया देखि विद्यार्थी भाइबहिनिहरु भरियाको रुपमा प्रयोग भैरहेकोले स्कुलका विद्यार्थी भाइबहिनीहरुलाई विशेष प्रभावकारी हुने भएकोले सामुदायिक वन उपभोक्ता समुह , नेपाल प्रहरी , टाेखा नगरपालिका वडा ३ का जनप्रतिनिधि र विद्यार्थी भाइबहिनीहरुलाई बन्यजन्तु अपराध नियन्त्रण सचेतता सम्बन्धि १ दिने कार्यशाला गाेष्टि फलदायी हुने विश्वास व्यक्त गरे ।

    बन्यजन्तु अपराध नियन्त्रण सचेतता सम्बन्धि १ दिने कार्यशाला गाेष्टिको समापन गर्दै अतिथी सब डिभिजन बन कार्यालय लैनचाैरका प्रमुख रोशना पोखरेलले बन्यजन्तु अपराध चोरी निकासी जस्तालाई नियन्त्रण गर्न स्थानीय निकाय, जनप्रतिनिधि ,सुरक्षाकर्मी ,विद्यार्थी भाइबहिनीहरुलाई वनको कानुन के हो त्यसलाई प्रचारप्रसार गर्दै विस्तार गर्नका लागि यो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

    कार्यक्रममा डिभिजन बन कार्यालय काठमाडौंका अधिकृत अनिल रेग्मि ,सब डिभिजन बन कार्यालय लैनचाैरका प्रमुख रोशना पोखरेल लगायत डिभिजनका कर्मचारीहरु
    ईन्द्रायणी भुतखेल सामुदायिक वनका अध्यक्ष सुर्यमान डंगोल लगायत पदाधिकारीहरु, टाेखा नगरपालिका वडा ३ का वडासदस्य हरिमान श्रेष्ठ , विभिन्न सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरु,नेपाल प्रहरी , शिक्षक र विद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै