नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ चैत ९,२०७७
टोखा नगरपालिका वडा नं २स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा टोखाका विद्यार्थीहरुलाई लायन्स क्लब अफ काठमाण्डौ एपेक्स र बैंकर्सको संयुक्त आयोजनामा स्कूल ब्याग वितरण गरिएको छ।

चैत ८ गते विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच विद्यालयका १००जना विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको लायन्स क्लब अफ काठमाण्डौ एपेक्सका अध्यक्ष राम कृष्ण डंगोलले वताउनु भयो। यस्ता सामाजिक कार्यहरु गर्दै आएको र समुदायक विद्यालयहरुमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षीक क्षेत्रमा सानो सहयोग स्वरुप स्कूल ब्याग स्कूल पोसाकहरु वितरण गर्दै आएकोमा हिजो टोखाको चण्डेश्वरी स्कूलमा पनि सानो सहयोग स्वरुप विद्यार्थीहरुलाई ब्याग वितरण गर्न लायन्स क्लब अफ काठमाण्डौ एपेक्स र बैंकर्स आइपुगेको डंगोलले बताए। अबका आउँदा दिनहरूमा पनि क्लबले विद्यालयलाई निरन्तर सहयोग गर्ने बचसमेत गर्नुभएको थियो।

२०१३ साल देखि लायन्स क्लबमा जोडिएर निरन्तर समाजिक कार्यमा व्यस्त रहेको पशुराम खतिवडा आजको दिन सम्म सामाजिक कार्यमा लागिरहेको वताउनु भयो। सामाजिक कार्यहरु गर्दै कहिले नुवाकोट, धादिङ, भक्तपुर, काठमाण्डुहरुको स्कूलहरूमा विद्यार्थीहरुलाई अबस्था हेरेर स्कूल ब्याग, स्कूल पोसाक, जुता सहयोग गरेको र देशमा कुनै पनि विपद् परेको खण्डमा लायन्स क्लब सधै लागी परेको साथै बाहिरबाट राम्रो वजेट पाएको खण्डमा स्कूल भवन समेट वनाएको खतिवडाले बताए।

कार्यक्रमममा प्रमुख अतिथि टोखा नगरपालिका वडा नं २का अध्यक्ष तथा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष दिपक राज जोशीले बालबालिकाहरूलाई स्कूल ब्याग दिएर सहयोग गरेकोमा आयोजक टिमलाई धन्यवाद दिदै विद्यालयको भौतिक पूर्वाधारको ब्यवस्थापन तथा शैक्षीक गुणस्तर सुधार गर्ने दिशातर्फ आफूसंगै वडा कार्यालय टिम र बिद्यालय ब्यवस्थापन समिति टिम हमेशा लागी परेको बताउनु भयो।

समुदाय बिद्यालयमा अबका दिनहरुमा जनप्रतिनिधि तथा समाजिक अगुवाहरूको बालबालिकाहरू सामुदायीक विद्यालयहरुमा अनिर्वाय रूपमा अध्ययन अध्यापन गराउने हो भने यस्ता सामुदायिक विद्यालयको शैक्षीक स्तर र भौतिक पूर्वाधारहरुको चाडै विकास हुने जोशीले बताए।

