• Sanu Raj Dangol

    • ६ चैत्र २०७७, शुक्रबार २१:२४

    टाेखा ७ मा लैगिक हिंसा निवारण तथा बालसंरक्षण सम्बन्धि २ दिने अन्तरक्रिया सम्पन्न :-

    टाेखालाइभ डट कम / चैत्र ६

    टाेखा नगरपालिकाको आयोजनामा महिला तथा बालबालिका शाखा टाेखाको संयोजकत्वमा आज टाेखा नगरपालिका वडा ७ स्थित राम मन्दिर प्राङ्गणमा आयोजित लैगिक हिंसा निवारण तथा संरक्षण सम्बन्धि न्यायिक समितिका सदस्य र महिला बालबालिका ,लैगिक तथा एकल महिला, जेष्ठ नागरिक र अपांगता भएकहरु बिच २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा टाेखा नगरपालिका महिला विकास निरिक्षक बिमला वाग्लेले कार्यक्रम संचालन गर्नुभएको हो।

    कार्यक्रममा बालबालिका , एकल महिला , जेष्ठ नागरिक अपांग ता र महिला सम्बन्धि समस्या , समस्याको घर परिवार समाजको आर्थिक कारण , समाधानका उपायहरु का बारेमा चैत्र ४ र५ गते २ दिने कार्यक्रमका सहजकर्ताको रूपमा टाेखा नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत  प्रकाश आचार्यले स्थानिय सरकार ऐन २०७४ मा भएका व्यावस्था सम्वन्धि विषयमा केन्द्रित रहेर प्रशिक्षण दिनुभएको थियोे।

    नेपाल सरकारकाे शाखा अधिकृत समेत रहेकी सृजना पाैडेलले लैङ्गिक िहंसा निवारणामा राष्ट्रिय प्रयास र प्रतिवद्दता विषयमा प्रशिक्षण दिएकि छन् ।

    त्यस्तै  न्यायिक समितिका सदस्य गाेपि पाठकले न्यायिक समितिकाे काम कर्तव्य र अधिकार सम्वन्धि प्रशिक्षण दिनुभएको थियोे। न्यायिक समितिका सदस्य चन्द्र प्रकाश श्रेष्ठले न्यायिक समितिमा परेका उजुरी , फाैजदारी र देवानी मुद्दा मामिला सम्बन्धि कानुन विषयमा प्रशिक्षण दिनुभएको थियोे।

    चैत ४ गते महिला बालबालिका ,लैगिक तथा एकल महिला, जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको संयन्त्र निर्माण तथा समन्वय र सहकार्यका लागि १ दिने कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा टाेखा नगरपालिकाका ७५ जनाले सहभागीता जनाएका थिए।

    महिला बालबालिका ,लैगिक तथा एकल महिला, जेष्ठ नागरिक र अपांगता भएका लक्षित वर्गका लागी हकहित अधिकार तथा कार्यन्वयन समन्वय सहकार्यका लागि टाेखा नगरपालिकाका सबै वडा समेत्ने गरि भरत बिडारीको संयोजकत्वमा नगरस्तरीय लक्षित वर्ग( संजाल )संयन्त्र निर्माण गरिएको थियो ।जस्को संयोजकमा भरत बिडारी टाेखा १ अपाङ क्षेत्र ,सदस्य अञ्जली श्रेष्ठ टाेखा २ अपाङ क्षेत्र, सदस्य एनिमा कोइराला टाेखा ३ बालबालिका क्षेत्र , सदस्य रबि प्रसाद मैनाली टाेखा ४ जेष्ठ नागरिक क्षेत्र , सदस्य बिन्दु राना टाेखा ५ जेष्ठ नागरिक क्षेत्र, सदस्य लक्ष्मी श्रेष्ठ टाेखा ७ एकल महिला क्षेत्र, सदस्य कमला पाण्डे टाेखा ८ महिला क्षेत्र, सदस्य ढक कुमारी शाह टाेखा ९ एकल महिला क्षेत्र, सदस्य शान्ता पराजुली टाेखा १० जेष्ठ नागरिक क्षेत्र, सदस्य असल कृष्ण दाहाल टाेखा ११ जेष्ठ बालबालिका क्षेत्र र सदस्य सचिव यमुना आचार्य टाेखा ६ महिला क्षेत्र रहेका छन् ।

     

    आज भएको कार्यक्रमको समापनमा बोल्दै अपांगताको तर्फबाट संयोजक भरत बिडारीले टाेखा नगरपालिकामा अपांगहरु यातायात गर्न गार्‍हो भएकोले अब बन्ने बाटो अपाङ्ग मैत्री होस् अपाङ्ग मैत्री बाटो बनाउन सुझाव दिदै अपांग भएकाहरुको लागि टाेखा नगरपालिकाले विशेष वातावरण मिलाइ दिनुहोस् भन्दै सुझाव दिए।भने बालबालिका को तर्फबाट बबिता बस्नेत र कृष्ण , जेष्ठ नागरिकको तर्फबाट जगदीश निरौला , एकल महिलाबाट नम्रता थापा, र महिलाबाट यमुना आचार्य लगायतले आ- आफ्ना विषयक समस्याका बारेमा समाधानका लागि टाेखा नगर प्रमुख प्रकाश अधिकारी समक्ष सुझाव पेस गर्नुभएको थियो ।महिला बालबालिका ,लैगिक तथा एकल महिला, जेष्ठ नागरिक र अपांगता भएका लक्षित वर्गका लागी हकहित अधिकार तथा कार्यन्वयन समन्वय सहकार्यका लागि टाेखा नगरपालिकाले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथी टाेखा नगर प्रमुख प्रकाश अधिकारीले लैगिक हिंसा निवारण तथा बालसंरक्षण र महिला बालबालिका ,लैगिक तथा एकल महिला, जेष्ठ नागरिक र अपांगता लक्षित वर्गहरु जो साच्चिकै बिपत्तिमा छन् बिपन्न र पीडित छन् ती वर्गहरुका सपनाहरु पूरा गर्न टाेखा नगरपालिका हरदम तयार रहेको बताउदै ती लक्षित वर्गहरुको समस्याको योजना बनाएर ल्याउनुस् टाेखा नगरपालिका सदैव सहयोग गर्न तत्पर छ भन्नुभयो।

    त्यस्तै महिला विकास अधिकृत सावित्रा न्याैपानेवाट लक्षित वर्गको समस्या र समाधानका उपाय माथि छलफल गर्नुभएको थियो । कार्यक्रमको टाेखा नगरपालिका वडा १० का अध्यक्ष मधुसूदन पाण्डेले कार्यक्रमको समापन गर्नुभएको थियो।

     

    सवै वडाका जनप्रतिनिधिहरुले ३ दिनकै कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाएको उक्त कार्यक्रममा टाेखा १ का सदस्य सुर्य ब. तामाङ ,टाेखा ३ का महिला सदस्य सृजना आचार्य ,टाेखा ४का सदस्य मधुकर बस्नेत ,टाेखा ५ का वडा अध्यक्ष जगन्नाथ ढकाल ,
    टाेखा ६ सदस्य दिलमाया बि.क,टाेखा ७ का वडाअध्यक्ष नरोत्तम राना सदस्य सानुराजा बस्नेत, टाेखा वडा नं ८ का अध्यक्ष  केशव वहादुर खत्री , टाेखा ९ का सदस्य रामभक्त घिमिरे र टाेखा वडा १० का अध्यक्ष मधुसूदन पाण्डे लगायतको उपस्थिति रहेको थियोे ।

     

     

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै