• TOKHA LIVE

    • ५ चैत्र २०७७, बिहीबार ०२:४१

    टोखामा युवक हत्यामा संंलग्न ३ जना अभियुक्त सार्वजनिक :-

    टाेखालाइभ डट कम / चैत्र ५

    टोखा नगरपालिका वडा नं ३ सुर्य दर्शनहाईटका २३ वर्षीय आशिष लिम्बुको हत्यामा संलग्न रहेका ३ जना अभियुक्तलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सार्वजनिक गरेको छ ।आशिष लिम्बुसँग सामान्य झगडा भएको र झगडाकै रिसिइवीमा हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

    गत फागुन २९ गते टोखा नगरपालिका वडा न.१
    मालुङ स्थित बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा युवक आशिष लिम्बुको मृत अवस्थामा शब फेेेला परेको उनको  साथबाट मोरङ्ग बेलबारी स्थायी ठेगाना आशिष लिम्बुको नाम र वर्ष २५ रहेको परिचयपत्र फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले बताए । मृतकको मुखबाट रगत बगेको र शरीरमा निलडाम भएको हुँदा हत्या भएको हुनसक्ने आशंका भएको प्रहरीले थप अनुसन्धानको काम अगाडी बढाएको थियोे ।

    लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्द्र कुमार शाहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले हिजो सार्वजनिक गरेको हो ।अभियुक्त ३ जनालाई कारवाही र थप अनुसन्धानका लागि अघि बढाईएको प्रहरीले बताएको छ ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै