टाेखालाइभ डट कम / चैत्र ३ काठमाडौं
टोखा नगरपालिकामा महिला तथा बालबालिका शाखाद्वारा बाल अधिकारको क्षेत्रमा लामो कार्य अनुभव लिएका ब्यक्तित्वहरुलाई समावेश गरि आज टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलको अध्यक्षतामा ‘टाेखा नगरपालिका स्थानीय बाल अधिकार समिति गठन ‘ भएको छ।

बालबालिका सम्बन्धि ऐन, २०७५ को दफा ६० को उपदफा(३) र बागमती प्रदेश सरकारको प्रदेश बालबालिका सम्बन्धि ऐन, २०७६ को दफा ४६ बमोजिम बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी कार्यविधि निर्माण गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन को अधिकार प्रयोग गरि टाेखा नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन बमोजिम १९ सदस्यीय टाेखा नगरपालिका स्थानीय बाल अधिकार समिति गठन भएको हो। मनोनीत सदस्यको पदावधि चार वर्षको रहनेछ।

समितिको अध्यक्षमा ज्ञानमाया डंगोल उप- प्रमुख टाेखा नगरपालिका , सदस्य अनिता कुवँर वडा सदस्य टाेखा नगरपालिका- ७,सदस्य तारा कँडेल वडा सदस्य टाेखा नगरपालिका- ११,सदस्य बाबुराम गौतम शिक्षा शाखा प्रमुख टाेखा नगरपालिका, सदस्य रणलाल कुलाल स्वास्थ्य शाखा प्रमुख टाेखा नगरपालिका ,सदस्य नगर भित्रको प्रहरी कार्यालय प्रमुख मनोनीत हुन बाकी, सदस्य माबि प्र.अ/ शिक्षक मनोनीत हुन बाकी, सदस्य कृष्ण सुवेदी अध्यक्ष चाइल्ड नेपाल,सदस्य मिना शर्मा अध्यक्ष inrieow, सदस्य मदन रत्न न्यौपाने चिकित्सक , सदस्य दिपक प्र.बस्याल बाल अधिकारकर्मी , सदस्य सानुराज डंगोल संचारकर्मी , सदस्य बबिता परियार बाल कल्याण अधिकारी , सदस्य युवराज मगर बाल कल्याण प्रतिनिधि , सदस्य सावित्रा न्यौपाने महिला विकास अधिकृत/महिला तथा बालबालिका शाखा प्रमुख टाेनपा,र सदस्य शान्ता पराजुली अध्यक्ष नमुना नारी शक्ति नेपाल टाेनपा रहेका छन् ।

स्थानीय बाल अधिकार गठन पछि समितिको काम कर्तव्य र अधिकार सम्बन्धमा महिला विकास अधिकृत सावित्रा न्यौपाने ले कार्यबिधिमा उल्लेख भएको क्षेत्राधिकारको जानकारी दिनु भयो। समितिले वडास्तरीय स्थानीय समिति गठन सम्बन्धमा यहि चैत्र महिना भित्रमा वडास्तरीय बाल अधिकार स्थानीय समिति गठन गर्ने निर्णय गरिएको थियो । बाकी पदाधिकारीहरु मनोनयन गर्ने सम्बन्धमा अर्को बैठकमा बाल मनो बिज्ञान र बाल अधिवक्ताका साथै अरु बाकीलाई मनोनयन गर्ने विषयमा निर्णय भएको थियो ।

टाेखा नगरपालिकामा स्थानीय बाल अधिकार समितिको अध्यक्षता ग्रहण पछि समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै टाेखा नगरपालिकामा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले ” टाेखा नगरपालिकामा कसै गरि बाल उद्वार गरेको खण्डमा कहाँ राख्ने भन्ने सवाल छ र यो समितिले कार्यविधि बनाएर टाेखा नगरपालिकामा बाल मैत्री, बालश्रम मुक्त र बालबालिका सम्बन्धि हिंसा न्यूनीकरण गर्न सकिएको खण्डमा टाेखा नगरपालिका राम्रो हुनेछ।” उहाँले भन्नुभयो।
साथै उहाँले आफ्नो कार्यकालमा टाेखा नगरपालिकालाई बाल मैत्री घोषणा गर्ने तयारी स्वरुप यो बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी कार्यविधि बनाएर अघि बढ्न लागेको बताइन् ।



