• Sanu Raj Dangol

    • ३ चैत्र २०७७, मंगलवार ०७:२४

    टाेखा केब स्विमिङ्ग पुल संचालनको तयारी पूरा:-

    टाेखालाइभ डट कम / चैत्र ३ काठमाडौं

    गर्मी सिजन सुरु भएपछि स्विमिङ्ग पुलमा डुबुल्की मार्दै सेल्फी खिच्दै आनन्दको अनुभूतिको आभास गर्दै अहिले सामाजिक संजालमा फाेटाे पोस्ट गर्नेहरुको लहद नै चलेको छ।

    महामारी काेभिड-१९ का विश्वमा फैलिरहेको काेराेनाका
    कारण ११ महिना पछि लामो समय बन्द रहेको टाेखा केब स्विमिङ्ग विभिन्न सुरक्षा मापदण्डका प्रक्रिया पूरा गरेर हाल पुनः संचालनमा आएको छ।

    कोरोना महामारीका कारण सरकारले स्विमिङ्ग सञ्चालन गर्ने कुनै निर्णय नगरे पनि अहिले सामाजिक संजालमा
    स्विमिङ्ग खेल्दै गरेको फाेटाेहरु पोस्ट गरेको देखेर
    हामीले पनि एकतर्फी रूपमा स्विमिङ्ग पुल खोल्ने निर्णय गरेको संचालक सुशान्त डंगोलले बताए ।

    चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल , यातायात , बिद्यालय स्विमिङ्ग पुल लगायत चैत ६ गतेदेखि एकसाथ बन्द गरिएका थिए । सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा कोरोनाको कारण  देखाएर स्विमिङ्ग पुल बन्द गर्न नहुुने बताउदै  व्यवसाय लामो समयसम्म  संचालन गर्न नपाउँदा हामि व्यवसायी मर्का परेको र मजदुरको हातमुख रोकिने अवस्था आएको संचालक सुशान्त डंगोलले बताए।

    काठमाडौंको मुटु मानिने टाेखा नगरपालिका वडा नं. ३ स्थित टाेखा केबको स्विमिङ पुलमा अहिले अनुभवी लाइफ गार्डहरु भित्र्याउनुको साथै नयाँ प्रविधिबाट स्विमिङ पुलको सफाइ समेत भैरहेको छ भने डुंङ्गा मर्मतको काम पनि भएको संचालक सुशान्त डंगोलले जानकारी दिए।

    टाेखा केवमा स्विमिङ्ग पुलको अलावा , स्लाइडिङ्ग पुल सहितको चिल्ड्रेनपार्क,डुंङ्गा ,स्विमिङ्ग पुलभित्र
    गुणस्तरीय नेवारी र नेपाली स्वास्थ्यकर परिकारहरुमा मेथीको सुप ( मिक्वा:) मुस्ताङको आलु ,मौलिक ओखलमा कुटेको चिउरा संगै छाेइला बजि पाउने गुणस्तरीय रेस्टुरेन्ट पनि संचालनमा आएका छन्

    टोखा नगरमै रहेको आकर्षक रमणीय भख्य: (भुटखेल) चौरको सल्लाघारी र त्यही रहेको प्राचिन देवी इन्द्रायणी अर्थात मसानकाली मन्दिर नजिकै टोखा केब ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रालिले विसं २०७३ सालदेखि सेवा दिइरहेको बताएको छ। पर्यटन वर्ष २०२०को सुरुवातीको सन्दर्भमा हामीले हाल नयाँ व्यवस्थापनका साथै गुणस्तरीय सेवाका लागी प्रतिवद्ध भएर टाेखा केब सञ्चालन गरेको सञ्चालक मनिराज डङ्गोलले बताए।

    गुणस्तरीय नेवारी र नेपाली स्वास्थ्यकर परिकार सहितको पारिवारिक रेस्टुरेन्ट , सभाकक्ष, सम्मेलन र पार्टीका लागी उपयुुक्त हल,परम्परागत सांस्कृतिक , एवं लोप हुन लागेका सम्पदाहरुको प्रदर्शनी र संकलन स्थल,हस्तकलाका सामाग्रीहरुको प्रदर्शनी र बिक्री कक्ष, हाईकिङ्ग ( टाेखा झोर, सुर्यचौर, गुर्जे, शिवपुरी ) प्याराग्लाइडिङ्गको व्यबस्था,बिद्यालयका बालबालिकाहरुलाइ उपयुक्त हुने सामान्य ज्ञानको साथै Project work को ब्यवस्था गर्दै आइरहेको छ भने त्यस्तै विद्यालयका बालिकाहरुलाई जीवन उपयोगी मनोरञ्जनात्मक Education classes को व्यवस्था, नेपालका विभिन्न स्थान चितवनको सौराह गोरखाको मनकामना गोरखा दरबार, चन्द्रागिरी मकवानपुरको चित्लाङ,दामन/ पालुङ्र मार्खु, त्रिशुली, लुम्बिनी, पोखरा आदि जस्ता पर्यटकीय स्थानहरुमा भ्रमणको लागि गाडी सहितको व्यवस्था , पर्यटकलाई मनोरञ्जन प्रदान गर्नका लागि नेवारी एवं नेपाली नाचको व्यवस्थापन गरि ग्राहकहरुलाई सुबिधा प्रदान गरिरहेको संचालक सुशान्त डंगोलले बताए ।

    नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने आधारको रूपमा राष्ट्रिय योजना आयोगको १५ औं आधारपत्रले महत्वपूर्ण भूमिका रहेको यही आधारपत्र मा प्राकृतिक मौलिक सांस्कृतिक र पुरातात्त्विक सम्पदा संरक्षण ,प्रवर्द्धन गर्दै नेपाललाई पर्यटकीय स्थलको रुपमा विकास गरी अर्थतन्त्रको प्रमुख आधार मानिएको छ ।साथै नेपाल सुरक्षित, गुणस्तरीय र पर्यटन मैत्री बनाउने, पर्यटन विकासमा निजी क्षेत्रलाई पनि ल्याउने नीतिलाई योगदान गर्नका लागि हामीले ग्राहकहरुलाई ५० प्रतिशत सेवामूलक र ५० प्रतिशत नाफामुलक सेवा प्रदान गरि सुविधा बिस्तार गर्दै आइरहेको सञ्चालक मनिराज डंगोलले बताए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै