• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • १ चैत्र २०७७, आईतवार ०९:२४

    टोखा सिरिज’को शनिवारे स्थलगत चित्रकला कार्यशाला टाेखामा सुरु:

     

    टोखालाइभ डट कम / चैत्र १काठमाडौं

    हिजो शनिवार देखि ‘शनिवारे स्थलगत चित्रकला कार्यशाला’ मा मोफसल कलाकारको ‘टाेखा सिरिज’ क्यानभासमा चित्र उतार्ने कार्यशाला टाेखामा सुरु भएको छ। टाेखा नगरपालिका वडा २ स्थित तलेजु क्वाखल टोल विकास संस्थाको आयोजनामा सुरु भएको टाेखा सिरिजको औपचारिक कार्यक्रममा तलेजु क्वाखल टोल विकास संस्थाका अध्यक्ष गणेश लाल श्रेष्ठ , टाेखा कला पुच: का अध्यक्ष हरि बहादुर श्रेष्ठ , टाेखाका मुर्तिकार सरोज श्रेष्ठ , चित्रकार रवि श्रेष्ठ ,मिडिया संयोजक सानुराज डंगोल र कलाकारको तर्फबाट टाेखा सिरिज’का संयोजक दिवेश प्रधान लगायतले कार्यक्रमको औपचारिक प्रदान गरेका थिए । कार्यक्रमको संचालन तलेजु क्वाखल टोल विकास संस्थाका सचिव धर्मेन्द्र नापितले टाेखा सिरिजमा पाल्नु भएका मोफसल का चर्चित कलाकार तथा स्थानीय कलाकारहरुलाई स्वागत गर्दै टाेखाका सम्पदाहरु क्यान्भास उतार्दै प्रचार प्रसार गरिदिन सबै लाई आग्रह गरेका थिए ।

    शनिवारे स्थलगत चित्रकला कार्यशाला’ टाेखा सिरिज’का संयोजक दिवेश प्रधानले यो कार्यक्रम विशेष गरि टाेखा सिरिज’को रूपमा टाेखा काठमाडौं ऐतिहासिक नगरी चाकुको उत्पादन र चाकुको नामले मात्र चिनिएको टाेखा यो बाहेक पनि टाेखामा पनि टाेखा चिनाउने धेरै कुराहरु छ भन्ने हामीलाई लागेकोले यो शनिवारे स्थलगत चित्रकला कार्यशाला’ टाेखा सिरिज’का लागि आज टाेखा आइपुगेको बताउनुभयो । टाेखामा भएका टाेखाका जिवन्त चिजहरु,प्राकृतिक सम्पदाका कुराहरु र सांस्कृतिक सम्पदाका कुराहरूलाई हामीलाई कतिसम्म हाम्रो चित्र कलामा समेत्न सक्छौं ती चिजहरुलाई समेत्ने प्रयास गरेर यो टाेखा सिरिजमा प्रत्येक शनिबार ४/५ हप्ताको कार्यशालामा उत्पादन भएका चित्रकला यहीँ ठाँउमा
    चित्रकारले टोखाको विभिन्न ठाउँमा गएर स्थलगत चित्र कोरेर विस्का: जात्रालाई लक्षित गरी खुल्ला प्रदर्शनी गरिने संयोजक दिवेश प्रधानले बताउनुभयो।
    साथै वहाँले आयोजक तलेजु क्वाखल टोल विकास संस्था, सहयोगी टाेखा कला पुच: का कलाकार साथीहरू लगायत सम्पूर्ण व्यवस्थापन टिमलाई कलाकारको तर्फबाट एकमुष्ट धन्यवाद व्यक्त गर्नुभयो।

     

    शनिवारे स्थलगत चित्रकला कार्यशाला’ मा मोफसल कलाकारको ‘टाेखा सिरिज’ क्यानभासमा फाल्गुन २९ शनिवार देखि चैत्र मसान्त सम्म चार हप्ता प्रत्येक हप्ता बेग्लाबेग्लै टोखाको विभिन्न ठाउमा गएर कलाकारले चित्र कोर्ने छन।

    हिजो शनिवारे स्थलगत चित्रकला कार्यशाला’ टाेखा सिरिजको पहिलो दिनमा मोफसलका कलाकारहरुलाई स्थानीय टाेखा कला पुच: का कलाकारहरुले टाेखा नगरपालिका वडा २ स्थित तलेजु क्वाखल, प्राचीन धरोहर नारायण मन्दिर परिसर, नाथेस्वरी मन्दिर परिसर र गणेशस्थान, भिम्सेन (भिन्द्यो ) मन्दिर अवलोकन गराएपछि कलाकारहरुले ती सम्पदा क्षेत्रका चित्रहरु क्यानभासमा उतार्ने काम सुरु भएको थियोे ।

    टाेखा सिरिजमा हिजो सहभागी कलाकारहरुमा संयोजक दिवेश प्रधान, रुबिन बाडे, राकेश चन्द्र श्रेष्ठ , बिकास प्रजापति , लक्ष्मी प्रसाद खाटेजा,पुन्यराम मताङ ,जुजु भाइ बाँस, बिक्रम प्रजापति , उज्ज्वल नेवार र अर्विन प्रजापति लगायत स्थानीय कलाकारहरुले सहभागिता जनाएका थिए ।

    टाेखा सिरिजको आयोजकमा तलेजु क्वाखल टोल विकास संस्था रहेको छ भने संयोजकमा आर्ट नेपाल , टाेखा कला पुच: , मिडिया पार्टनरको रूपमा टाेखालाइभ डट कम , हस्पिटालिटीमा मतिना भ्वय: छें र डकुमेन्ट्रीमा किरन श्रेष्ठ रहेका छन् ।

     

    बिगत ३ वर्ष देखि फेसबुकबाट जोडिएको चित्रकारको समूहले स्थलगत चित्रकला कार्यशालाको सुरुवात गर्ने योजना बनाएका थिए । त्यस्पछि जुटेका कलाकारहरुले हालसम्म काठमाडौँ वरपरका हनुमानढोका, पाटन दरबार स्क्वायर, भक्तपुर दरवार स्क्वायर, ठिमी, स्वयम्भु, चागुनारायण, टेकु, चापागाउँको बज्रबाराही , रसुवा लगायतका विभिन्न ठाउँमा गएर विभिन्न दृष्यलाई चित्रमा उतारी सकेका छन् ।

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै