• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • २८ फाल्गुन २०७७, शुक्रबार २०:४१

    टाेखामा ‘नेपालभाषा लिपि’ कक्षाको प्रशिक्षण सुचारु(फाेटाे फिचर):-

    टाेखालाइभ/ फाल्गुन २८

    के ? तपाई लाई नेपाल भाषामा लेख्न आउँछ ? नेपाल भाषामा बोल्न आए पनि  नेपालभाषा लिपिमा लेख्न आउदैन होला धेरै लाई !नेपालभाषा लिपि लेख्न आउदैन भने टाेखामा ‘नेपालभाषा लिपि’ कक्षा प्रशिक्षण सञ्चालन भैरहेको छ। तपाईहरु पनि सो कक्षामा जानू होला । नेपालभाषा लिपि’ कक्षाको नेवाः गुथि तोखाको संयोजन एवं टाेखा नगरपालिकाको आयोजनामा आधारभुत नेपालभाषा प्रचलित लिपि एवं रञ्जना लिपि प्रशिक्षण गत हप्ता फागुन २१ गतेदेखि शुरु भएको थियो  ।

    टाेखा नगरपालिका वडा २ स्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालय टाेखामा कक्षा संचालन भैरहेको उक्त नेपालभाषा प्रचलित लिपि एवं रञ्जना लिपि प्रशिक्षणमा ३७ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको नेवा:गुथिका पुर्वसचिव  प्रकाश डंगोलले जानकारी दिनुभयो।

    ३० दिने नेपालभाषा लिपि कक्षा प्रत्येक दिन बेलुका ६ बजेदेखी ७ बजेसम्म कक्षा संचालन भैरहेको लिपि कक्षा प्रशिक्षक मनिराज( मनिष ) मानन्धरले प्रशिक्षण दिइरहेका छन् ।

    नेपाल भाषा र लिपिको उत्थानका लागी टाेखा नगरपालिकाको सहकार्यमा नेपालभाषा लिपि कक्षा प्रशिक्षणको आयोजना गरिएको नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले बताउनु भयो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै