टाेखा लाइभ डट कम / फागुन २७
गायक बिर्ख बिश्वकर्मा र गायिका भावना धामिको कारुणिक गित ‘विधुवा’ सार्वजनिक भएको छ।
![]()
मन्जरी गीतबाट चर्चामाआएका गायकद्वय बिश्वकर्मा र गायिका भावना धामिको ‘विधुवामा स्वर रहेको छ । उक्त गीतको भिडियो गायक बिश्वकर्माको गृह जिल्ला जुम्लामा निर्माण गरिएको हो । बिश्वकर्माको आफनै शब्द तथा संगीत रहेको उक्त गीतमा तिलक ओलीले म्युजिक एरेन्ज गरेका छन्।
विधुवा गितमा आफुले माया गरेको मान्छेको अचानक मृत्यु भएपछि जीवनमा आउने दु:खद क्षणको उकाली ओरालीलाई कथाको माध्यमबाट गितमा दर्शाइएको छ । भिडियोमा गोमान सिङ्ग सार्की र निरु आरसीको अभिनय हेर्न सकिन्छ । गीतको उत्पाद र बजार व्यवस्थापन बाबा इन्टरटेन्मेन्ट टिभीले गरेको छ ।
कोरोनाका कारण सरकारले लकडाउन गरेको बेला जुम्लाको पर्यटकीय स्थल सिञ्जामा पुगेर भिडियो निर्माण गरिएको हो । गीतले दर्शक तथा श्रोताहरुको मन जित्नेमा बिश्वकर्मा ढुक्क छन् । मौसम प्रतिकुल भैदिँदा भिडियो निर्माण गर्न एक हप्ता लागेको भिडियोका निर्देशक पदम बिन्दास रोकायले जानकारी दिए । भिडियो रोकाय आफैंले खिचेका हुन् भने सम्पादन मिन रावलले गरेका छन् ।

