टाेखालाइभ डट कम / फागुन २६
टोखा नगरपालिकाको प्रमुख कृषि आधार क्षेत्र वडा नं १,२ र ३ का कृषकलाई आइतबार टाेखा वडा २ मा एक कार्यक्रमका बिच प्रमुख अतिथि टाेखा नगरपालिकाकि उप- प्रमुख ज्ञानमाया डंगोलले कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्नुभएको थियो।
नगर उप- प्रमुख ज्ञानमाया डंगोलले टाेखा वडा २ र टाेखा वडा ३ का गरि ५ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्नुभएको थियोे भने टाेखा वडा १ मा वडाध्यक्ष श्रीकृष्ण अधिकारीले ६ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेका थिए ।
११ जना कृषकहरुलाई हाते ट्याक्टर वितरणको ५०% अनुदानमा टाेखा नगरपालिकाले उपलब्ध गराएको हो।टाेखा वडा २ र ३ का कृषकहरुलाई हाते ट्याक्टर वितरण कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर उप – प्रमुख ज्ञानमाया डंगोल , प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य ,टाेेखा नगरपालिका वडा २ का वडाध्यक्ष दिपकराज जोशी र टाेखा नगरपालिका वडा ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठ लगायत जनप्रतिनिधिहरु कृषकहरु उपस्थिति रहेको थियोे।

कृषिमा टाेखाका कृषिकमा सहजीकरण गर्ने उद्देश्यले
नगरपालिकाले टाेखा नगरपालिकालाई कृषिमैत्री बनाउन यस अघि अन्य वडाहरुमा पनि कृषि तालिम , कौसी खेती तालिम र बट्टाई पालन तालिम जस्ता कार्यक्रमहरु आयोजना गरि तालिम दिईएको थियो ।







