टाेखालाइभ डट कम/ फागुन २४
“महिलाको सुरक्षा , सम्मान र रोजगार , समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ आज १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा टाेखा नगरपालिका महिला तथा बालबालिका शाखाको समन्वय र सहकार्यमा टाेखा नगरपालिका वडा २ को आयोजनामा र्याली निकालिएको छ।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको र्याली गणेशस्थानबाट सुरु भएको उक्त र्यालि टाेखा ऐतिहासिक वस्ती टाेखा नगरपालिका वडा २ र ३ परिक्रमा गरिएको थियोे।

र्यालिमा टाेखा नगरपालिकाकि उप- प्रमुख ज्ञानमाया डंगोल, टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपकराज जोशी / वडाका जनप्रतिनिधिहरु र टाेखा नगरपालिका वडा ३का अध्यक्ष सिंहराज श्रेष्ठ /वडाका जनप्रतिनिधिहरु लगायत टाेखा नगरपालिका महिला तथा बालबालिका शाखाका महिला अधिकारकर्मिहरु लघु उद्यम समाज , महिला जागरण समाज नेपाल , टाेखा महिला स्वास्थ्य स्वयंसेविकाहरु अन्तर्राष्ट्रिय महिला दिवसको र्यालिमा सहभागी भएका थिए ।

र्यालीमा सहभागीले अन्तर्राष्ट्रिय महिला दिवस सफल पारौं ,बालबिबाह अन्त्य गरौं महिला हिंसा अन्त्य गरौं र नारी दिवस सफल पारौं जस्ता नारा लगाएका थिए ।


