टाेखालाइभ डट कम / फागुन २४
टोखा नगरपालिकामा नगर स्तरिय एक दिने बट्टाई पालन तालिम हिजो सम्पन्न भएको छ। टोखा नगरपालिका नगर स्तरिय एक दिने बट्टाई पालन तालिममा टाेखा वडा नं ४ र ५ का प्रशिक्षार्थिहरुलाई एक दिने बट्टाई पालन तालिममा सहभागी गराएको थियोे ।
टाेखा नगरपालिकाले यस अघि अन्य वडाहरुलाई पनि पायक पर्ने स्थानबाट तालिम दिईएको थियो ।
नगरपालिकाले आयोजना गरेको एक दिने बट्टाई पालन तालिममा टाेखा वडा ४ र ५ का गरि १८ जना सहभागी भएका थिए।

टाेखा वडा नं ५ को सभा हलमा सम्पन्न भएको उक्त एक दिने बट्टाई पालन तालिम पश्चात् सहभागीहरुलाई टाेखा नगरपालिकाकि उप-प्रमुख ज्ञानमाया डंगोल र टाेखा नगरपालिका वडा ५ का वडाध्यक्ष जगन्नाथ ढकालले सहभागीहरुलाई २० वटा बट्टाईका चल्ला र खोर प्रदान गरेका थिए । बट्टाईका पालन तालीम ,बट्टाईका चल्ला र खोर वितरणको ५०% अनुदानमा टाेखा नगरपालिकाले उपलब्ध गराएको हो।
एक दिने बट्टाई पालन तालिम तथा जाली वितरण कार्यक्रममा
टाेखा नगरपालिकाका उप – प्रमुख ज्ञानमाया डंगोल , टाेखा नगरपालिका वडा ५ का वडाध्यक्ष जगन्नाथ ढकाल , प्रशिक्षक टाेखा वडा ४ र ५ का जनप्रतिनिधिहरु र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियोे ।








