टाेखालाइभ डट कम/ फाल्गुन २३
टाेखा नगरपालिकामा काेभिड-१९ खोप अभियानको वडा नं.१,२ र ३ को खोप केन्द्र ‘टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आज टाेेेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रममा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले टाेखा नगरपालिकाले काेभिडका बिरामीहरुलाई आरडिटी टेष्ट पिसिआर टेष्ट देखि लिएर आइसोलेसन वार्डमा हालसम्म काेभिडका १५३ जना बिरामीहरुलाई सेवा दिन सफल भएको बताउदै टाेखा नगरपालिकाले काेभिड सम्बन्धि राम्रा कामहरू गरेको बताउनुभयो।
साथै आजैदेखि टाेखा नगरपालिकामा सुरु भएको काेभिड-१९ खोप अभियानमा ६५ वर्ष माथिका आमाबुबा र दोस्रो चरणमा चैत्र ४ गते देखि सुुुुरुहुने ५५ वर्ष देखि ६५ वर्ष सम्मका टाेखा नगरपालिका भरिका सम्पुर्ण आमाबुबाहरुलाइ यो काेभिड-१९ खोप अभियान कार्यक्रममा सहभागी भै दिनुहुन टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले अनुरोध गर्नुभयो।

टाेखा नगरपालिकामा फागुन २३ गते आजबाट कोरोना विरुद्धको काेभिड-१९ खोप अभियानमा टोखा नगरपालिकाले टाेकिएको तीन वटा खोप केन्द्रहरुमा जेष्ठ नागरिक आमाबुबाहरुको ठुलो भिड लागेको थियो । ती केन्द्रहरुमा टाेखा नगरपालिकाका कर्मचारीहरु ,अस्पतालका डाक्टर, नर्सहरु , प्रहरी र स्वयंसेवकहरु परिचालन गरिएको थियो ।

टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा काेभिड-१९ खोप अभियान उद्घाटन पछि टोखा नगरपालिकाकि उप – प्रमुख ज्ञानमाया डंगोलले ‘ग्राण्डी ईन्टरनेशनल अस्पताल’ र ‘अल नेपाल अस्पताल’ सामाखुसि पुगि खोप केन्द्रको निरीक्षण गरेकी छन्।

टाेखा नगरपालिकाका वडावासी नागरिकहरु लक्षित काेभिड-१९ खोप अभियानको लागी तीन वटा केन्द्रहरुमा टोखा नगरपालिकाको वडा नं. १,२ र ३ को खोप केन्द्र ‘टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र ‘टोखा , टोखा नगरपालिकाको वडा नं. ४,५,६,७,र ८ को खोप केन्द्र ‘ग्राण्डी ईन्टरनेशनल अस्पताल’ र टोखा नगरपालिकाको वडा नं.९, १० र ११ को खोप केन्द्र ‘अल नेपाल अस्पताल’ सामाखुसि टाेकिएको छ।

टाेखा नगरपालिकामा काेभिड-१९ खोप अभियानको निरीक्षणमा टाेखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य , टाेखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रणलाल कुलाल र नर्सिङ अधिकृत झुमा मैनाली लगायत टाेखा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

यस चरणमा फागुन २३ गते आज देखि चैत्र २ सम्म ६५ वर्षदेखि माथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइनेछ भने त्यस्तै चैत्र ४ गते देखी चैत्र १५ गतेसम्म ५५ वर्षदेखी ६४ वर्ष सम्मका उमेर समुहका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने टाेखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनुभयो।


